शुक्रबार, १५ जेठ २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01KMF20ZEVJZB4DZEDZK3SKZXV.jpg

आज विश्व क्षयरोग दिवस मनाइँदै

काठमाडौं । आज विश्व क्षयरोग दिवस मनाइँदै छ । हरेक बर्ष मार्च २४ तारिखको दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ ।

क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो ।

यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धिलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।

प्रकाशित मितिः मङ्गलबार, १० चैत २०८२
https://www.jawaaf.com/storage/01KM7B8AG28F88N9VYXRPBQG7J.jpg

मोरङमा बर्ड फ्लु पुष्टि, नियन्त्रणका लागि कडाइ

काठमाडौं । पशु सेवा विभाग ले नेपालमा बर्ड फ्लु (एच५एन१) संक्रमण पुष्टि भएको जानकारी दिएको छ । विभागका अनुसार नियमित निगरानीका क्रममा मोरङ जिल्लाको सुनवर्षी नगरपालिका–४ र उर्लाबारी नगरपालिका–५ मा पालिएका कुखुराको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
विभागले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्णयअनुसार प्रभावित क्षेत्रमा तत्काल नियन्त्रणका उपायहरू लागू गरिएको जनाएको छ ।

सो क्षेत्रमा कुखुरा, कुखुराजन्य पदार्थ तथा उत्पादनहरू नष्ट गर्ने, आवतजावतमा कडाइ गर्ने र संक्रमण फैलिन नदिन विभिन्न सतर्कता अपनाइएको छ । संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रका कुखुरा फार्महरूमा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाइएको छ भने फार्ममा प्रवेश गर्दा अनिवार्य रूपमा जीवाणुनाशक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, एक फार्ममा काम गर्ने व्यक्तिले अर्को फार्ममा जान नपाउने, प्रयोग भएका सामग्री पुनः प्रयोग नगर्नु पर्ने लगायतका मापदण्ड लागू गरिएको विभागले जनाएको छ ।

यस्तै, कुखुरा राख्ने स्थानको नियमित सरसफाइ, बाहिरबाट आउने सवारी साधनको नियन्त्रण, अन्य जनावरको प्रवेशमा रोक तथा मरेका कुखुरालाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ । विभागले कुखुरा तथा कुखुराजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने बताउँदै कुनै स्थानमा असामान्य रूपमा कुखुरा बिरामी पर्ने वा मर्ने अवस्था देखिएमा नजिकको पशु सेवा कार्यालयमा तुरुन्त जानकारी गराउन सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मितिः शनिबार, ०७ चैत २०८२
https://www.jawaaf.com/storage/01KKDF6GWGN3MVDQM9FBTNT4QC.jpg

अफ्रिकन स्वाइन फ्लुको संक्रमणले पर्वतमा ४६ वटा बंगुर मरे

काठमाडौं । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फ्लुको संक्रमण बढेको छ । बंगुरमा लागेको अफ्रिकन स्वाइन फ्लुको कारण पर्वमा मात्रै ४६ वटा बंगु मरेका छन् । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परिक्षणमा अफ्रिकन स्वाइन फिवर पुष्टि भएपछि किसान तथा बंगुर पालकलाई सतर्कता अपनाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले आग्रह गरेको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका क्षेत्रमा पालिएका केही बंगुरमा ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भाग निलो हुने, खाना नखाने र अचानक मृत्यु हुनेजस्ता लक्षण देखिएपछि परीक्षण गरिएको थियो ।

नमूना संकलन गरिएको ¥यापिड किट परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको कार्यालयले जनाएको छ ।

शंकास्पद अवस्थामा बंगुरको नमूना प्रयोगशालामा परीक्षण गराउन, मरेका बंगुरलाई गहिरो खाडल खनेर गाड्न वा जलाउन, घरपालुवा बङ्गुरलाई जंगली बंगुरसँग सम्पर्क हुन नदिन तथा होटेल वा भान्साबाट निस्कने फोहर खुवाउन नहुने भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले भनेको छ ।

प्रकाशित मितिः बुधबार, २७ फागुन २०८२
https://www.jawaaf.com/storage/01KJ72SWX79G7QQCWH60DFAYGR.jpg

स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् बिहानका यस्ता बानी

काठमाडौं । बिहानको समयलाई स्वस्थ जीवनशैलीको आधार मानिन्छ । तर कतिपय मानिसका दैनिक बिहानका बानीहरू भने स्वास्थ्यका लागि उल्टै हानिकारक बन्ने गरेका छन् ।
विज्ञहरूका अनुसार दिनको सुरुवात कस्तो हुन्छ भन्ने कुराले शारीरिक मात्र होइन मानसिक स्वास्थ्यमा पनि ठूलो प्रभाव पार्छ । स्वास्थ्य विशेषज्ञ तथा विश्व स्वास्थ्य संगठन का विभिन्न अध्ययनहरूले पनि अस्वस्थ बिहानका बानीहरूले दीर्घकालीन रोगको जोखिम बढाउन सक्ने देखाएका छन्  ।
बिहान उठ्नेबित्तिकै मोबाइल चलाउने बानी
धेरै मानिस उठ्नेबित्तिकै मोबाइल हेर्ने गर्छन् । यसले आँखामा तनाव बढाउनुका साथै मस्तिष्कलाई अचानक सूचना चापमा पार्छ । यस्तो बानीले चिन्ता, तनाव र ध्यान केन्द्रित गर्न कठिन हुने समस्या निम्त्याउन सक्छ ।
बिहान पानी नपिउने
रातभर शरीर डिहाइड्रेसन अवस्थामा हुन्छ । उठ्नेबित्तिकै पानी नपिउँदा पाचन प्रणाली सुस्त हुन्छ र शरीरको विषाक्त पदार्थ बाहिर निस्कने प्रक्रिया ढिलो हुन्छ ।
नास्ता नगर्ने वा ढिलो गर्ने
नास्ता दिनको सबैभन्दा महत्वपूर्ण भोजन मानिन्छ । बिहान खाना नखाँदा शरीरमा ऊर्जा कमी हुन्छ, रक्तचाप असन्तुलित हुन सक्छ र दीर्घकालमा मधुमेह तथा मोटोपनाको जोखिम बढ्न सक्छ ।
अत्यधिक चिया–कफीबाट दिन सुरु गर्ने
खाली पेटमा धेरै कफी वा चिया पिउँदा एसिडिटी, ग्यास्ट्रिक तथा मुटुसम्बन्धी समस्या बढ्न सक्छ ।
बिहान व्यायाम नगर्ने वा निष्क्रिय रहने
बिहान केही समय शारीरिक गतिविधि नगर्दा शरीर सुस्त हुने, मोटोपना बढ्ने र मानसिक ताजगी नआउने समस्या देखिन्छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार बिहानको सही बानी जस्तै ःपानी पिउने, हल्का व्यायाम गर्ने, पौष्टिक नास्ता खाने र सकारात्मक सोचका साथ दिन सुरु गर्नाले दीर्घकालीन रूपमा स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ।

प्रकाशित मितिः मङ्गलबार, १२ फागुन २०८२
https://www.jawaaf.com/storage/01KGSGBQ1560TTR188ENVKW57B.jpg

बीमाका लागि १० अर्ब रुपैंयाँ, वार्षिक बजेटको परिधिभित्र रहेर काम गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले सरकारले यो आर्थिक वर्षमा बीमाको लागि १० अर्ब रकम छुट्टाएको बताएकी छन् । शुक्रबार उनले नेपाल सरकारले बीमाको लागि यो आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्टाएको भन्दै वार्षिक बजेटको परिधिभित्र रहेर नै कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘मन्त्रीको जिम्मा लिएपछि तितामिठा सबै कुरा गर्नुपर्ने रहेछ । मिठा मिठा कुरा मैले सकाए, अर्को कुरा बीमाको पैसाको कुरा आउँछ । धेरै पैसा बाँकी छ । स्वास्थ्य मन्त्रालयले दिएको छैन् भन्ने कुरा आएको छ । तर सरकारले बीमालाई आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्टाएको हो । त्यो हाम्रो वार्षिक बजेट हो । वार्षिक बजेटको परिधिभित्र रहेर हामीले कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्योभन्दा बाहिर जान मिल्दैन् ।’
यस्तै, उनले बीमा बोर्डले स्रोत सहमती र सुनिश्चित नगरी रकम खर्च गर्दै २४ अर्बको वार्षिक दायित्व हुनेगरि काम गरिरहेकाले पैसा जनताको करबाट नै आएको बताइन् ।

उनले भनिन्, ‘बीमा बोर्डले स्रोत सहमति पनि नलिई, स्रोत सुनिश्चित पनि नगरि खर्च गर्दा दायित्व यति भयो कि २४ अर्बको वार्षिक दायित्व हुनेगरि खर्च भईरहेको छ । यसमा सरकारले पैसा कहाँबाट ल्याउँछ भन्ने प्रश्न उठेको हुनसक्छ । त्यो पैसा तपाई हाम्रै हो । विपन्न मान्छेले रगत पसिना गरेर कमाएको पैसाले तिरेको करले नेपाल सरकारले त्यो सेवा दिने हो । सरकार आफैले कुनै रुखबाट त रकम ल्याउदैँन् ।’
करबाट प्राप्त पैसाको सदुपयोग कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने ठाँउमा नेपालीहरु सरकारले दिन्छ भनेर ढुक्का भएर बसेको पनि उनको भनाई छ ।

प्रकाशित मितिः शुक्रबार, २३ माघ २०८२
https://www.jawaaf.com/storage/01KGSFJM44N74RQRX4NKKM40SD.webp

बिहान खाली पेट तातो पानी पिउनु स्वास्थ्यका लागि लाभदायक

काठमाडौं । बिहान उठेपछि खाली पेट तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने चिकित्सकहरूले बताएका छन् ।
उनीहरूका अनुसार तातो पानीले रातभर सुस्त भएको पाचन प्रणालीलाई सक्रिय बनाउने, पेट सफा राख्ने र शरीरभित्र जम्मा भएका विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पु¥याउँछ ।
विशेषज्ञहरूका अनुसार बिहान नियमित रूपमा तातो पानी पिउँदा कब्जियतको समस्या कम हुनुका साथै ग्यास, अपच र पेट फुल्ने समस्या नियन्त्रणमा आउन सक्छ । यसले शरीरको मेटाबोलिज्म बढाउने भएकाले तौल नियन्त्रणमा समेत सहयोग पुग्ने बताइएको छ ।
त्यस्तै, तातो पानीले शरीरको रक्तसञ्चार सुधार गर्ने र कोषिकामा अक्सिजनको प्रवाह बढाउने हुँदा दिनभर शरीर फुर्तिलो र ऊर्जाशील रहने चिकित्सकहरूको भनाइ छ । यसले छालालाई भित्रैबाट हाइड्रेट राख्न मद्दत गर्ने भएकाले छालाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव देखिने बताइएको छ ।
चिकित्सकहरूका अनुसार बिहान खाली पेट तातो पानी पिउनु कफ, रुघाखोकी र घाँटीसम्बन्धी समस्या कम गर्न पनि सहयोगी हुन सक्छ । विशेषगरी चिसो मौसममा यसले शरीरलाई न्यानो राख्न मद्दत पु¥याउने बताइएको छ ।
चिकित्सकहरूले बिहान कफी वा चिया पिउनु अघि कम्तीमा एक गिलास तातो (अत्यधिक तातो नभएको) पानी पिउने बानी बसाल्न सुझाव दिएका छन् । साथै, आवश्यकता अनुसार तातो पानीमा कागती वा मह मिसाएर पिउन सकिने भए पनि दीर्घकालीन समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाह लिनुपर्ने उनीहरूको सुझाव छ ।

प्रकाशित मितिः शुक्रबार, २३ माघ २०८२
https://www.jawaaf.com/storage/01KF530HCZAWEGWX08AQNJ0584.jpg

बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

काठमाडौं । उमेर बढ्दै जाँदा हरेक मानिसको स्मरणशक्ति घट्दै जान्छ । यसो हुनुको मुख्य कारण मस्तिष्कको कुनै एक भाग वा एउटै जीन मात्र नभई समयसँगै मस्तिष्कभरि हुने संरचनागत परिवर्तनहरू भएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।

हजारौँ स्वस्थ वयस्कका एमआरआई स्क्यान र स्मरणशक्ति परीक्षणको विश्लेषण गर्दा, मस्तिष्कको ऊतक खुम्चिँदै जाँदा स्मरणशक्ति झन् तीव्र रूपमा घट्ने पाइएको छ । यो प्रभाव विशेषगरी जीवनको पछिल्लो चरणमा बढी देखिने अध्ययनले जनाएको छ । यद्यपि हिप्पोक्याम्पस स्मरणशक्तिसँग प्रत्यक्ष रूपमा जोडिएको महत्त्वपूर्ण मस्तिष्क भाग हो । तर अध्ययनले देखाएअनुसार स्मरणशक्ति ह्रासमा मस्तिष्कका अन्य धेरै भागहरूको पनि भूमिका रहेको छ । यसले कुनै एक स्थानमा मात्र क्षति नभई मस्तिष्कभर फैलिएको संवेदनशीलता रहेको संकेत गर्छ ।

१३ वटा छुट्टाछुट्टै दीर्घकालीन अध्ययनबाट सङ्कलन गरिएको तथ्यांक प्रयोग गरी गरिएको यस अनुसन्धानमा ३,७०० भन्दा बढी स्वस्थ व्यक्तिका १०,००० भन्दा धेरै एमआरआई स्क्यान र १३,००० भन्दा बढी स्मरणशक्ति परीक्षण समावेश गरिएका थिए । अध्ययनले फरक–फरक उमेर समूहमा समयक्रमसँगै मस्तिष्कको संरचनामा हुने परिवर्तन र स्मरणशक्तिमा देखिने प्रभावको स्पष्ट चित्र प्रस्तुत गरेको छ ।

नतिजाअनुसार, मस्तिष्क खुम्चिने प्रक्रिया र स्मरणशक्ति ह्रासबीचको सम्बन्ध सरल वा सिधा रेखामा चल्ने खालको छैन् । यो सम्बन्ध उमेर बढ्दै जाँदा झन् बलियो हुँदै जान्छ र अल्जाइमर रोगसँग सम्बन्धित जस्ता जीनिक जोखिम ले मात्र यसलाई व्याख्या गर्न सक्दैन ।

नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित “बुढ्यौलीमा स्मरणशक्ति ह्रासप्रतिको संवेदनशीलता ः मस्तिष्क संरचनागत परिवर्तनको विशाल विश्लेषणबाट उजागर” शीर्षकको यस अध्ययनले स्मरणशक्तिसँग सम्बन्धित मस्तिष्क परिवर्तनहरू कुनै एक भागमा सीमित नरहेको पुष्टि गरेको छ । हिप्पोक्याम्पसमा सबैभन्दा बलियो प्रभाव देखिए पनि, मस्तिष्कका कर्टिकल र सबकर्टिकल क्षेत्रहरूमा पनि उल्लेखनीय सम्बन्ध पाइयो ।
अनुसन्धानकर्ताहरूका अनुसार, जसको मस्तिष्क संरचना औसतभन्दा छिटो घट्दै गएको थियो, तिनमा स्मरणशक्ति पनि तीव्र रूपमा घटेको देखियो । यसले मस्तिष्क खुम्चिने प्रक्रिया निश्चित स्तर पार गरेपछि स्मरणशक्तिमा यसको असर अझ तीव्र रूपमा बढ्ने संकेत गर्दछ ।

अध्ययनका वरिष्ठ वैज्ञानिक डा. आल्भारो पास्कुअल–लियोनका अनुसार, “उमेरसँगै देखिने स्मरणशक्ति ह्रास केवल बुढ्यौलीको सामान्य परिणाम मात्र होइन, यो व्यक्तिगत संवेदनशीलता र दीर्घकालीन जैविक प्रक्रियासँग जोडिएको हो ।” उनले थपे, “यी निष्कर्षहरूले स्मरणशक्ति ह्रास कुनै एक भाग वा जीनको कारण नभई दशकौँसम्म जम्मा हुँदै जाने मस्तिष्क संरचनागत कमजोरीको परिणाम हो भन्ने देखाउँछ । यसले जोखिममा रहेका व्यक्तिहरूलाई चाँडै पहिचान गर्न र स्मरणशक्ति जोगाउने व्यक्तिगत उपचार तथा उपायहरू विकास गर्न सहयोग पु¥याउन सक्छ ।” अध्ययनले स्वस्थ बुढ्यौली र दीर्घकालीन संज्ञानात्मक स्वास्थ्य बुझ्न महत्वपूर्ण आधार प्रदान गरेको वैज्ञानिकहरूको निष्कर्ष छ । एएनआई

प्रकाशित मितिः शनिबार, ०३ माघ २०८२
https://www.jawaaf.com/storage/01KECBDNHME6MV4YQ5NC6R7VQW.jpeg

रौतहटमा कुकुरले एकैदिन ५० भन्दा बढीलाई टोक्यो, स्थानीय त्रसित

रौतहट । रौतहटका विभिन्न स्थानमा एकैदिन छाडा छोडिएका कुकुरको टोकाइबाट ५० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् । जिल्लाका विभिन्न पालिकाहरूमा बुधबार बिहानैदेखि कुकुरले एक्कासि मानिसहरूलाई आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ ।

गढीमाईको वडा नं. १, ४, ६ र ८ का साथै फतुवा विजयपुर नगरपालिका र राजपुर नगरपालिकाका केही गाउँका बासिन्दाहरू कुकुरको निशानामा परेका छन् । घाइतेहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको छ । अस्पतालका सूचना अधिकारी कपिलदेव झाका अनुसार हालसम्म २७ जनाभन्दा बढी घाइतेलाई रेबिजविरुद्धको खोप लगाइसकिएको छ ।

‘घाइते आउने क्रम अझै जारी छ, हामीले उपलब्ध स्रोत र साधनको प्रयोग गरी उपचार गरिरहेका छौँ,’ झाले भने । केही गम्भीर घाइतेहरूलाई थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले रेबिजविरुद्धको खोप र आवश्यक औषधि पर्याप्त मात्रामा उपलब्ध रहेको र चिकित्सकहरूले घाइतेहरूको निरन्तर निगरानी गरिरहेको स्पष्ट पारेको छ ।

कुकुरको आक्रमण बढेपछि रौतहटका यी क्षेत्रहरूमा त्रास फैलिएको छ । छाडा कुकुरको डरले गर्दा बालबालिकालाई विद्यालय पठाउन र वृद्धवृद्धालाई घरबाहिर निस्कन समेत मुस्किल भएको स्थानीयको गुनासो छ । बिहान–बेलुकाको समयमा आवतजावत गर्न अत्यन्तै जोखिमपूर्ण बनेको भन्दै स्थानीयले छाडा कुकुर नियन्त्रणका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रकाशित मितिः बुधबार, २३ पुस २०८२
https://www.jawaaf.com/storage/01KCZTSZD4RY5VW7RKVC9Y818S.jpg

करारका कर्मचारी हटाएपछि स्वास्थ्य संस्था बन्द

सुर्खेत । पञ्चपुरी नगरपालिकाले करार सेवाका कर्मचारी हटाए पछि यहाँका १२ स्वास्थ्य सेवा केन्द्र बन्द भएका छन् । करार स्वास्थ्यकर्मीकै भरमा सञ्चालन भएका स्वास्थ्य संस्था बन्द भए पछि सेवाग्राही मारमा परेका छन् । पञ्चपुरी नगरपालिकाले गत साउन १ गतेदेखि करार सेवाका कर्मचारी हटाएको हो ।

नगरपालिकामा सञ्चालित ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।

नगरपालिकाले चालू आर्थिक वर्षमा एक सय २८ जना करारका कर्मचारी हटाएको छ । जसमा ७४ जना शिक्षक, ४१ जना स्वास्थ्यतर्फका कर्मचारी र १३ जना नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको पञ्चपुरी नगरपालिकाले जनाएको छ ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएपछि नागरिकले सास्ती खेप्नुपरेको छ । १२ वटा आधारभूत स्वास्थ्य संस्था बन्द भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गंगादेब पुरीले जानकारी दिए । उनका अनुसार ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएका हुन् ।

नगरपालिकाको वडा नं. १ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र हासेगाउँ, वडा नं. ३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र तोक्मा, वडा नं. ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र बराइँचे, वडा नं. ६ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र चत्तुरे र वडा नं. ८ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र दुलालथाई बन्द भएका छन् ।

यस्तै वडा नं. १० मा रहेको आधारभूत स्वास्थ्य केन्द्र नार्सी, वडा नं. ६ मा रहेको सामुदायिक स्वास्थ्य इकाई लाटीकाँडा, वडा नं. ८ मा रहेको सामुदायिक स्वास्थ्य इकाई दहसान्ने, वडा नं. ७ मा रहेको सामुदायिक स्वास्थ्य इकाई सिम्ताचौर तथा पैसरा, वडा नं. ९ मा रहेको सामुदायिक स्वास्थ्य इकाई राग र वडा नं. १० मा रहेको सामुदायिक स्वास्थ्य इकाई बच्छी बन्द भएका हुन् ।

घर आगनका स्वास्थ्य संस्था बन्द हुँदा तीन घण्टा दुरीमा रहेको साल्कोट अस्पतालमा धाउनुपरेको वडा नं. १ का धर्मजीत थापाले जानकारी दिए । घरआँगनमै पाउने सेवा लिन अहिले घण्टौको दुरीमा रहेका साल्कोट अस्पतालमा आउने गरेको उनले बताए ।

गाउँघरका आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएपनि वडा नं. १, २ र ३ का अधिकांश बिरामी सामान्य उपचार गर्न वडा नं. २ मा रहेको आधारभूत अस्पताल साल्कोट आउने गरेका छन् । सामान्य सिटामोल लिनसमेत तीनदेखि चार घण्टाको दुरीमा धाउनुपर्ने बाध्यता स्थानीयमा छ ।

प्रकाशित मितिः आइतबार, ०६ पुस २०८२
https://www.jawaaf.com/storage/01KCTSN57R285P54PF9686V665.jpg

भेप तान्नुहुन्छ ? यस्तो छ यसको खतरनाक स्वास्थ्य असर

काठमाडौं । पछिल्लो समय नेपालमा अधिकांश युवा पुस्ताले भेप अर्थात् ई–सिगरेट अत्यधिक रूपमा प्रयोग गर्ने गरेको पाइएको छ । भेपलाई चुरोटको विकल्पका रूपमा लिनका साथै सोख र फेसनका रूपमा पनि पिउँने गरेका छन् । तर धेरैजसो भेप पनि चुरोटजत्तिकै हानिकारक हुन्छ भन्ने विषयमा अनभिज्ञ रहेको पाइएको छ ।

क्यान्सर विशेषज्ञ समीम अख्तरका अुनसार भेपले पनि हाम्रो स्वास्थ्यलाई चुरोटले जति नै असर गर्ने गर्दछ । भेपले फोक्सो, श्वासनली र मुखको पनि क्यान्सर गराउने सम्भावना प्रबल रहेको बताए ।

उनले भने, ‘हामीले जुन हिसाबले भनिरहेका छौँ, यसले हानी गर्दैन अथवा चुरोटभन्दा कम हानी गर्छ । यो सब गलत चिज हो । भेपले तपाईको फोक्सो, श्वासनली र मुखको पनि क्यान्सर गराउने सम्भावना प्रबल हुन्छ ।’

उनले थपे,‘भेपभित्र जुन पदार्थहरू प्रयोग भएको हुन्छ अर्थात् केमिकलहरू हेभी मेटल्स हुन्छ । बास्ना दिनको लागि फर्मल्डिहाइड अनि एसिटाइलजस्ता केमिकलहरू प्रयोग भएको हुन्छ । अन्य अखाद्य पदार्थहरू पनि प्रयोगशालामा बनाएर त्यो भेप सोलुसन दिएको हुन्छ ।’

त्यस्तै उनले भेपको धुवा लिदा श्वासनली, मुख, गिजा, जिब्रो, फोक्सो र फोक्सो भित्रसम्मको मांसपेशीलाई बिगार्ने जोखिम रहेको पनि जानकारी दिए । त्यति मात्र होइन, भेपले डीएनए इकाईमा परिवर्तनसम्म ल्याउने उनको भनाई छ ।

उनले भने,‘भेपको धुँवा लिंदा तपाईंको श्वासनली, मुख, गिजा, जिब्रो, फोक्सो र फोक्सोभित्रसम्मको मांसपेशीलाई ड्यामेज गर्छ । डीएनए भन्ने जुन सानो इकाई हुन्छ, त्यसमा पनि परिवर्तनहरू ल्याइदिन्छ । त्यसैले भेप लिने मान्छेहरूको फोक्सोमा पपकर्न लिसन देखा पर्न सक्छ । जस्तो छातीको एक्सरे लियो भने त्यसमा सेतो सेतो दागहरू दुईटै फोक्सोमा देखापर्न सक्छ ।’

के हो भेप ?

भेप धूमपानको तलतल मेट्ने विद्युतीय उपकरण हो । विद्युतीय चुरोटहरू मुख्य गरी इलेक्ट्रोनिक निकोटिन वितरण प्रणाली र इलेक्ट्रोनिक गैर–निकोटिन वितरण प्रणाली गरी दुई प्रकारका प्रचलनमा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
भेप एक विद्युतीय चुरोट भएकाले यो ब्याट्रीबाट चल्छ । मानिसहरूले यसमा तरल पदार्थलाई सास फेर्न सकिने वाष्पमा तताउन प्रयोग गर्छन् ।

प्रकाशित मितिः शुक्रबार, ०४ पुस २०८२