शनिबार, ३० जेठ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, २९ जेठ २०८३

फिफा विश्वकप : दक्षिण कोरिया विजयी

https://www.jawaaf.com/storage/01KTXGDVQWHTBH20C3J594MRH0.jpg

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराएको छ । शुक्रबार बिहान भएको समूह ए को खेलमा कोरियाले चेक रिपब्लिकलाई २–१ ले हराएको हो ।

स्टाडियो ग्वाडालाजारामा भएको खेलमा चेकले ५९औं मिनेटमा अग्रता लिएको थियो । चेकका लागि लाडिस्लाभ क्रेज्चीले हेडबाट गोल गरेका थिए । दक्षिण कोरियाका लागि ६७ औं मिनेटमा ह्वाङ इन बेमले गोल फर्काउँदै बराबरी गरेका थिए । 

त्यसपछि ८० औँ मिनेटमा ओ ह्युन ग्यूले गोल गर्दै टोलीलाई २–१ ले जिताएका हुन् । उनले बेओमको पासमा गोल गरेका हुन् ।

जितसँगै दक्षिण कोरियाले तीन अंक बटुलेको छ र समूह ए को दोस्रो स्थानमा उक्लेको छ । यता यसै समूहको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै सुखद् शुरूवात गर्दै तीन अंक लिएको छ । यि नतिजाले दक्षिण कोरियासँगै मेक्सिकोको नकआउट चरण प्रवेश गर्ने सम्भावना बलियो भएको छ ।

मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको हो । 

सम्बन्धित खबर

/frontend/images/redline.png