बिहिबार, ०३ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, १० जेठ २०८१

‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक

https://www.jawaaf.com/storage/01HYK48NPMB88PB6PD0KT87J0Z.jpg

काठमाडौँ I  चलचित्र ‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक भएको छ । विश्व टोरोन्टो, बुसानजस्ता फिल्म महोत्सवमा सहभागी यो चलचित्रमा कलाकार दयाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय रहेको छ । 

बिहीबार ट्रेलर सार्वजनिकपछि अभिनेता दयाहाङ राईले चलचित्रमा अभिनय गर्न पाउँदा खुसी लागेको बताउनुभयो । “यो चलचित्र वर्षौँ पहिले सुनेको थिए तर अभिनय नै गर्न पाउँला भनेर सोचेको थिएन”, अभिनेता राईले भन्नुभयो,“विश्व बजारमा पुगेको चलचित्रमा खेल्न पाउनु मेरो लागि खुसीको कुरा हो । अब घरेलु दर्शकले मन पराउने अपेक्षा गरेको छु ।” 

अभिनेत्री पशुपति राईले यस चलचित्रबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभयो । महेश राईले लेखेको यस चलचित्रको निर्माता अमोद राई हुनुहुन्छ भने निर्देशन नबिन सुब्बाले गर्नुभएको छ । 

त्यस्तै, अमेरिकन छायाँकार जोश हेरमले खिच्नुभएको चलचित्रमा हाइडी लीको सङ्गीत, केदार श्रेष्ठको ‘कास्टिङ’ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको ‘साउन्ड डिजाइन’, सिकुमा राईको पहिरन, क्वान पुन लुङको सम्पादन रहेको छ । 

सम्बन्धित खबर

/frontend/images/redline.png