शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १९ वैशाख २०८३

विश्वकप फुटबल २०२६ को रौनक : चीनमा खेलकुद सामग्रीको व्यापार चम्कियो

https://www.jawaaf.com/storage/01KQMC6T874M7PGZ4TME46XD5X.jpg

एजेन्सी । सन् २०२६ को जुनमा आयोजना हुने फिफा विश्वकपक फुटबलका लागि चीनमा विश्वकप सम्बन्धी सामग्रीहरुको उत्पादनलाई तिब्रता दिइएको छ ।
पूर्वी चीनको यिवु शहरका व्यापारीहरूले प्रतियोगिता अगाडि विश्वकपका सामानहरूको अर्डर भर्न व्यस्त देखिन्छन् । बलदेखि जर्सीसम्मका सामग्रीहरुको अन्तर्राष्ट्रिय व्यापार बजारको प्रवद्र्धनमा व्यवसायीहरुलाई भ्याइनभ्याइ छ ।

यस वर्षको प्रतियोगिता मेक्सिको, अमेरिका र क्यानडा तीन देशहरूमा खेलिने तथ्यले व्यापार बढ्ने देखिन्छ । ‘प्रतियोगिता तीन देशहरूले आयोजना गरिरहेको हुनाले, यसको मात्रा पहिलेभन्दा अझ बढी हुन सक्छ। अघिल्ला विश्वकपहरूको तुलनामा अर्डरहरू ५० प्रतिशतले बढ्न सक्छन्। आज, हामी हवाई मार्गबाट पठाउनको लागि अर्डर पनि तयार गर्दैछौं,’ व्यापारी चेन जियानले भने ।

भन्सार तथ्याङ्क अनुसार यस वर्ष जनवरी र फेब्रुअरीमा ३४ करोड अमेरिकी डलरको खेलकुद सामान निर्यात गरेको छ । जुन वार्षिक रूपमा लगभग ३९ प्रतिशतले वृद्धि हो। २०२६ को विश्वकप जुन ११ मा सुरु हुँदैछ। (सीसीटीभीप्लस)

सम्बन्धित खबर

/frontend/images/redline.png