शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, ०४ चैत २०८२

खोटाङमा हेलिकोप्टर दुर्घटना, एक जना घाइते

https://www.jawaaf.com/storage/01KKZZX8P4TD9018VYJTTQA0RD.png

काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिका–२ मा हेलिकोप्टर दुर्घटना भएको छ । बेलायतबाट काठमाडौं ल्याइएको शव बोकेर खोटाङ पुगेको एयर डानेष्टिको नाइन एन– एएफक्यु हेलिकोप्टर अवतरणका क्रममा बिहान ११ः५१ बजे दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले जानकारी दिइन् ।

उनका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । तर, हेलिकोप्टरमा पाइलट सहित सहित ५ जना सवार थिए । एकजना यात्रुको खुट्टामा चोट लागेको छ । घाइतेलाई तत्काल उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा लगिएको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ । उद्धार कार्यकालागि काठमाडौंबाट अर्को एउटा हेलिकोप्टर पठाइएको जानकारी दिइएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png