शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, ११ फागुन २०८२

धादिङ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

https://www.jawaaf.com/storage/01KJ468TXTJV55EDAF4PJG77XK.jfif

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् ।  पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस आज बिहान करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । बस सडकबाट ३ सय मिटर तल खसेको हो ।

दुर्घटनामा घाइते भएका २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए । मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png