शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, २८ माघ २०८२

रामेछाप बस दुर्घटना : मृत्यु हुने १२ मध्ये ११ जनाको पहिचान खुल्यो

https://www.jawaaf.com/storage/01KH5BTWHGQV8TRHJHZHYZZMEB.jpg

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार बिहान बस खस्दा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन् ।
दुर्घटनामा परी केही यात्रु अझै हराइरहेको आशंका गरिएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण हालसम्म प्राप्त नभएको जनाइएको छ । घाइतेहरूको धुलीखेल र काठमाडौंमा उपचार भइरहेको छ ।
सामान्य घाइते भएका चालकलाई भने उपचार पछि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
मन्थली नगर अस्पतालका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म पहिचान खुलेका व्यक्तिहरू यसप्रकार रहेका छन् ।

सम्बन्धित खबर

/frontend/images/redline.png