शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, २४ माघ २०८२

सीमा सुरक्षा बैठकमै बेहोस भए सशस्त्रका एसपी, उपचारको क्रममा गुम्यो ज्यान

https://www.jawaaf.com/storage/01KGTZWSKYGYEBCR5PZNVFVFXS.jpg

विराटनगर । मोरङको विराटचोकमा आयोजित नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ ।

नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीहरू सहभागी डीआईजी तहको समकक्ष बैठक चलिरहेका बेला शुक्रबार दिउँसो एसपी घिमिरे अचानक बेहोस भएर ढलेका थिए ।

बैठकस्थलमै अचेत भएका उनलाई तत्काल उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पताल (विराट मेडिकल कलेज) पु¥याइएको थियो । अस्पताल स्रोतका अनुसार उच्च रक्तचापका कारण उनी ढलेका थिए। बेहोस भएर ढल्ने क्रममा उनको जिब्रो काटिएको थियो ।

सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेका अनुसार सुरक्षा बैठककै क्रममा ढलेका उनको उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकको प्रयास सफल हुन नसकेको हो ।

एसपी घिमिरे सशस्त्र प्रहरी बल नम्बर ३ वाहिनी गढीमाई मुख्यालय, मकवानपुरमा सरुवा भइसकेका थिए र शनिबार त्यता जाने तयारीमा रहेका थिए । तर मोरङबाट बिदा हुनुअघि नै उनको निधन भएको हो ।

सम्बन्धित खबर

/frontend/images/redline.png