शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, २३ माघ २०८२

जसपा धरान २० नं. वडा समिति पुनर्गठन : सनम राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चयन

https://www.jawaaf.com/storage/01KGSEQQWEDZ1CSXWXD626ZMCY.jfif

धरान  । जनता समाजवादी पार्टी (जसपा) धरान २० नं. वडा समिति पुनर्गठन भएको छ । वडा समितिको आयोजनामा आज सम्पन्न विशेष भेलाले सनम राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

नयाँ समितिको उपाध्यक्षमा राजकुमार राई र राजेन्द्र राई चयन हुनुभएको छ भने सचिवमा उमेश राई, सहसचिवमा पुष्पा राई र कोषाध्यक्षमा ममिता राई चुनिनुभएको छ । त्यसैगरी सदस्यहरूमा विशाल राई, शुक्र राई, सरोन राई, पार्वती राई, समा राई, निरण राई, फुलमाया राई, मिलन राई, सुजन राई, धनकुमार राई र डम्बर बहादुर राई रहनुभएको छ ।

समिति पुनर्गठन कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश नं. १ सदस्य सुमन राई, जिल्ला उपाध्यक्ष हरी बान्तावा, धरान नगर अध्यक्ष शम्भु राई 'पृथक' र नगर उपाध्यक्ष निर्मल चोङवाङ लिम्बु, कोषध्यक्ष केदार राई, लगायतका नेताहरूको उपस्थिति रहेको थियो। उपस्थित नेताहरूले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै पार्टीको संगठन विस्तारमा जुट्न आग्रह गर्नुभयो ।

निवर्तमान वडा अध्यक्ष जिवन राईले धरान नगर सचिवको नयाँ जिम्मेवारी पाएपछि वडा समितिमा नेतृत्व परिवर्तन गर्नुपरेको आयोजकले जानकारी दिएको छ। जिवन राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन उमेश राईले गर्नुभएको थियो ।

सम्बन्धित खबर

/frontend/images/redline.png