शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ०७ मंसिर २०८२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने

https://www.jawaaf.com/storage/01KAR3P0DFZ3TGNSWD2WRJTAYS.jpg

धरान । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी हुने घोषणा गरेको छ। पहिचानवादी राजनीतिलाई केन्द्रमा राख्दै आएको मञ्चले आफ्नो स्थापनाकालीन उद्देश्यअनुरूप “पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं” भन्ने नारालाई यसपटकको चुनावी अभियानको मुख्य आधार बनाउने निर्णय गरेको छ ।

मञ्चका महासचिव भूपेन्द्र सुन्दर लावतीका अनुसार दलले पहिचानवादी शक्तिहरूको साझा नेतृत्व गर्दै प्रतिनिधि सभामा सशक्त उपस्थिति जनाउने लक्ष्य राखेको छ। केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को अध्यक्षतामा बसेको संघीय कार्यसमितिको बैठकले निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया सुनिश्चित गर्दै चुनावमा उत्रिने रणनीति तय गरेको छ। आयोगमा दलको आधिकारिक प्रतिनिधि तोकिएको र निर्वाचन प्रयोजनका लागि लगायतका औपचारिकताहरू पूरा गर्ने जिम्मेवारी पाएका छन् ।

मञ्चले पहिचानको मुद्दालाई संसदसम्म पुर्‍याउन लामो समयदेखि चलाउँदै आएको अभियानलाई चुनावी रूपमै बलियो बनाउन खोजेको पदाधिकारीहरूले बताएका छन्। यसमा संघीय दलित मुक्ति, लिम्बुवान, किरात, खम्बुवान, शेर्पा, ताम्सालिङ, नेवा:, मगर, मगरात, तमुवान, थरूहट–खसान र मधेस मञ्चजस्ता विभिन्न पहिचानवादी समुदाय तथा क्षेत्रीय आन्दोलनमा संलग्न समूहहरू सक्रिय रूपमा आबद्ध छन्। यी समूहहरूको संयुक्त सहभागिताले मञ्चलाई देशव्यापी पहिचानवादी अभियानको साझा राजनीतिक मोर्चा बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

पहिचान, समावेशी राज्य संरचना र स्वायत्तताको आन्दोलनलाई संघीय संसदसम्म पुर्‍याउने महत्त्वपूर्ण अवसरका रूपमा लिइएको यस चुनावी सहभागिताका लागि मञ्चले देशभर संगठन विस्तार र जनसम्पर्कलाई तीव्र बनाइरहेको जनाएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png