शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ०७ कात्तिक २०८२

एकीकृत समाजवादीले केन्द्रीय समिति बैठक बोलायो

https://www.jawaaf.com/storage/01K8AV0ZT4FMFT8130K8DX1VHR.jpg

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय समिति बैठक बोलाएको छ। विभिन्न वामपन्थी शक्तिसँग एकताको प्रस्तावमा छलफल गर्न आगामी कात्तिक १२ गते बैठक बोलाइएको हो।

पार्टीका अनुसार वामपन्थी तथा कम्युनिस्ट समाजवादी पार्टीहरूसँग चलिरहेको एकतासम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउने उद्देश्यले बैठक केन्द्रित हुनेछ। बैठकमा एकतापछि पार्टीको वैचारिक तथा सैद्धान्तिक दृष्टिकोण, नेताहरूको व्यवस्थापन र आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल हुने बताइएको छ।

सम्बन्धित खबर

/frontend/images/redline.png