शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, ०५ कात्तिक २०८२

करेन्ट लागेर पूर्व वडाअध्यक्षको मृत्यु

https://www.jawaaf.com/storage/01K862PZR26QY6NB3EF1259HY2.jpeg

रौतहट ।  रौतहटको गौरमा करेन्ट लागेर पूर्व वडाअध्यक्षको मृत्यु भएको छ । गौर नगरपालिका–५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ राय यादवको बुधबार करेन्ट लागेर मृत्यु भएको हो । 

नेकपा एमाले रौतहट जिल्ला कमिटी सदस्य समेत रहेका   यादवको करेसाबारीमा विद्युतीय मोटरमार्फत पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ । 

करेन्ट लागेपछि अचेत भएका  यादवलाई प्रादेशिक अस्पताल गौर उपचारका लागि ल्याइएको थियो । उनको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । 

प्रादेशिक अस्पताल गौरका चिकित्सकले उनलाई ४ः३० बजे मृत घोषित गरेका हुन् । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमै राखिएको छ । स्थानीय राजनीतिमा सक्रिय यादव समाजसेवीका रूपमा परिचित थिए ।

सम्बन्धित खबर

/frontend/images/redline.png