शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, ०४ कात्तिक २०८२

विद्युत् माग र आपूर्ति व्यवस्थापनको लागी नेपाल विद्युत् प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको अनुगमन

https://www.jawaaf.com/storage/01K828Z321J5H5342DZBD5K6DX.jpg

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाका साथै, तिहारका विशेष दिनहरूमा  विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएका छन् ।

सोमवार साँझ नेपाल विद्युत् प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको भ्रमणमा ऊर्जा,जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत् विकास विभागका महानिर्देशक, प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशहरूलगायत टोलीले विद्युत् आपूर्तिको अवस्थाका बारेमा जानकारी लिएको थिए ।

विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मूलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल हुने मन्त्री घिसिङले बताएका थिए ।

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत् गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

२०७३ सालको भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङ नेतृत्वको टोलीले विद्युत् माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रूपमा काठमाडौँ उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो ।

सम्बन्धित खबर

/frontend/images/redline.png