शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
दिपेश पौडेल / रौतहट
दिपेश पौडेल / रौतहट
प्रकाशित मितिः शुक्रबार, २४ असोज २०८२

एसपीसँगको विवाद प्रकरणः जसपा नेता यादव हिरासतबाट बाहिरिए

https://www.jawaaf.com/storage/01K75VH13PSPVD45ZCYFFJ1NFV.jfif

जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादव धरौटी बुझाएर बिहिवार रिहा भएका छन् । सर्लाही जिल्ला अदालत मलङ्गवामा उपस्थित भएका यादवलाई न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले एक लाख ६० हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।

अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीका अनुसार यादवमाथि दायर तीन मुद्दामध्ये राजद्रोहको मुद्दामा एक लाख, सार्वजनिक सेवामा अवरोध गरेको र आपराधिक उपद्रवसम्बन्धी मुद्दामा ३०/३० हजार गरी कूल एक लाख ६० हजार रुपैयाँ धरौटी मागिएको थियो ।

गत असार १९ गते राति सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्का र यादवबीच गालिगलौजको टेलिफोन संवाद सार्वजनिक भएपछि भदौ २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पूर्व मधेश प्रदेशसभा सदस्यसमेत रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा रहँदा आमाको निधन भएपछि असोज ३ गते काजकिरिया गर्नका लागि प्रहरीले अस्थायी रूपमा छाडेको थियो । आमाको काजकिरिया सकेर उनी बिहीबार स्वयं अदालतमा उपस्थित भएका हुन् ।

अदालतबाट धरौटीमा छुटेपछि यादवले आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन् । उनले भने, “अन्याय, अत्याचार र भ्रष्टाचारको विरोध गर्दा उल्टै ममाथि राज्यले अनेक लाञ्छना लगाएर मुद्दा दायर गर्‍यो।”

सर्लाहीस्थित प्राविधिक कार्यालय मलङ्गवामा आर्थिक अनियमितता र रातभर गरिएको कामबारे विवाद भएपछि प्रहरीसँग उनको भनाभन भएको बताइएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png