शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, २३ असोज २०८२

सुनसरी अदालतमा न्यायिक सेवा पुनः सञ्चालन हुँदै

https://www.jawaaf.com/storage/01K744TXYR2HB1MD8501X7PC0P.jpg

विराटनगर । जेनजी आन्दोलनका क्रममा भएको घटनापछि बन्द रहेका सुनसरी जिल्ला अदालतका सबै सेवा आगामी आइतवार (असोज २६) देखि पुनः सुचारु हुने भएका छन् ।

गत असोज २४ गतेको घटनापछि अदालत परिसरमा भएको तोडफोड र सुरक्षाजन्य कारणले न्यायिक काम–कारबाही ठप्प भएको थियो । सो घटनाले साप्ताहिक तथा दैनिक पेशीदेखि मुद्दा दर्ता, फैसलासम्मका कार्यहरू प्रभावित बनेका थिए ।

अदालत प्रशासनका अनुसार, आवश्यक मर्मत, सरसफाइ र सुरक्षाको तयारी सम्पन्न भएपछि अब अदालतका सम्पूर्ण सेवा, पेशी र प्रशासनिक कामहरू पुनः सुरु गरिने भएको हो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सुनसरी लगायत कोशी प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा क्षति पुगेको थियो । त्यसको असर अदालतको नियमित कामकाजमा पनि परेको थियो ।

न्याय सेवामा अवरोध हुँदा मुद्दा परेका पक्षहरू लामो समयसम्म निर्णयबाट वञ्चित भएका थिए । अदालत पुनः सञ्चालनमा आउँदा न्याय खोज्ने सर्वसाधारणले राहत महसुस गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png