शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २० असोज २०८२

हेटौंडामा बालगृहको गेटबाहिर नवजात शिशु फेला, अवस्था गम्भीर

https://www.jawaaf.com/storage/01K6VZK978WRDWW3B13CMJM0EX.jfif

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ स्थित ‘हाम्रो घर बालगृह’को गेटबाहिर आइतबार दिउँसो एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ।

हेटौंडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेका अनुसार दिउँसो करिब १ बजे फेला परेको शिशुको उमेर करिब १२ देखि १५ दिनको बीचमा रहेको अनुमान गरिएको छ। उनका अनुसार शिशुको तौल मात्र ७५० ग्राम रहेको र अवस्था अत्यन्तै नाजुक रहेको छ।

शिशुलाई प्रारम्भिक उपचारका लागि हेटौंडा अस्पताल लगिएको भए पनि अवस्था गम्भीर देखिएपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि भरतपुर अस्पताल रेफर गरिएको बालगृहकी सञ्चालक इन्दिरा डल्लाकोटीले जानकारी दिइन्।

बालगृहका वार्डेनले गेटबाहिर शिशु फेला परेपछि तत्काल सम्बन्धित निकायलाई खबर गरेका थिए। त्यसपछि महिला तथा बालबालिका शाखाको समन्वयमा ‘सेफ हाउस’, ‘ओसिएमसी’ र ‘हाम्रो घर बालगृह’को संयुक्त पहलमा शिशुलाई अस्पताल पुर्‍याइएको हो।

शिशु फेला पर्दा उसले लगाएका लुगा तथा साथमा रहेका केही सामग्रीको फोटो सुरक्षित गरिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ। साथै, शिशुको आमा वा आफन्तको बारेमा जानकारी हुने व्यक्तिलाई महिला, बालबालिका तथा समावेशीकरण महाशाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।

सम्बन्धित खबर

/frontend/images/redline.png