शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १८ असोज २०८२

पाँचथरको कात्तिके बोलेरो दुर्घटना : उद्धार कार्य जारी, मौसम प्रतिकुल

https://www.jawaaf.com/storage/01K6QAB35EWWQG6HKTYA8Q8SZP.jpeg

फिदिम । पाँचथरको तमोर कोरिडोर अन्तर्गत कुम्मायक गाउँपालिका–३ रानीगाउँको कात्तिकेमा दुर्घटनामा परेका बोलेरो जिपमा १२ जना यात्रु रहेको पाइएको छ । 
जसमध्ये ५ जनाको ज्यान गएको र ६ जना घाइते भएको स्थानीय संचारकर्मी भीम बाँस्कोटाले जानकारी दिए । मृतक र घाइतेहरुको पहिचान खुलिनसकेको उनले बताए । घाईतेहरुको उपचारको लागि धरान र फिदिमतर्फ पठाईएको छ ।
हाल नेपाल प्रहरी, नेपाली सेना, स्थानीय लगायतले उद्धारको काम जारी राखेका छन् । बोलेरो जिप तमोर करिडोर अन्तर्गत कुम्मायक–३ मा सडक भन्दा अन्दाजी पाँचसय मिटर तल तमोर नदी नजिकै खसेको बताइएको छ ।
निरन्तरको झरी, अप्ठ्यारो भीर भएका कारण उद्धारमा कठिनाइ भइरहेको छ । जीपले ताप्लेजुङबाट १२ जना यात्रु लिएर धरानतर्फ छुटेको बुझिएको छ भने विचमा चढाएको यात्रु संख्या एकिन हुन सकेको छैन् ।

सम्बन्धित खबर

/frontend/images/redline.png