शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, १६ असोज २०८२

राष्ट्रपति पौडेलद्वारा दशैंको टीका ग्रहण, यस वर्ष नागरिकलाई टीका नलगाउने निर्णय

https://www.jawaaf.com/storage/01K6HW84ZDC7TC85X4HC6ANMC6.jpeg

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीका लगाएका छन् । पौडेलले गुरु पुरोहितको हातबाट दसैंको टीका, जमरा, प्रसाद र आशिर्वाद  ग्रहण गरेका हुन् । 

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहीबार राष्ट्रपति पौडेलले दसैंको शुभ साइत ११ बजेर ५३ मिनेटमा टीका प्रसाद ग्रहण गरेका हुन् । उनले हनुमान ढोका दरवारका गुरु देवराज आर्याल तथा राष्ट्रपतिका पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टिका र जमरा ग्रहण गरेका हुन् । आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले  प्रथम महिलासहित परिवारका सदस्यलाई टीका लगाईदिएका थियो ।

राष्ट्रपति पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् ।

देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

सम्बन्धित खबर

/frontend/images/redline.png