शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, २९ भदौ २०८२

नागरिक उन्मुक्ति पार्टीबाट अलग रेशम चौधरी, नयाँ दल गठनमा

https://www.jawaaf.com/storage/01K542DT6XVGYZ91AYH1AE911P.jpg

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छोडेर नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नागरिक उन्मुक्ति पार्टी छाडेको र अब नागरिक उन्मुक्ति नेपाल नामक नयाँ पार्टी गठन गरेर अगाडि बढ्ने घोषणा गरेका हुन्।

चौधरीले फेसबुकमा लेखेका छन् “आजदेखि म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्दछु। अब म पार्टीमा छैन। म अलग अभियानमा छु। मेरो आन्दोलनको भावना बुझ्ने साथीहरूले साथ दिने विश्वास लिएको छु। म राजनीतिक व्यक्ति भएकाले यत्तिकै बस्न सक्दिन, आजैदेखि नयाँ पार्टी निर्माणमा लाग्ने छु।”

त्यस क्रममा उनले रन्जितासँग आफ्नो कुनै दुश्मनी नरहेको स्पष्ट गर्दै दुश्मनी भने “देशका राष्ट्रिय फटाहाहरूसँग” रहेको बताएका छन्।

सम्बन्धित खबर

/frontend/images/redline.png