आइतबार, २७ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, २५ भदौ २०८२

यतिबेला सारा नेपालीको मन रोएको छः हरिवंश आचार्य

https://www.jawaaf.com/storage/01K4SP2RE585WSSJWPBT9C6CPE.jpg

काठमाडौं। वरिष्ठ कलाकार हरिवंश आचार्यले जेन–जी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देशको अमूल्य सम्पत्तिमा भएको क्षतिले सम्पूर्ण नेपालीको मन रोएको टिप्पणी गरेका हुन्।

आचार्यले लेखेका छन्, “नेपाली जनताको चाहना भ्रष्टाचारको जरै उखेल्नु हो। जेन–जी आन्दोलनले अब भविष्यमा पनि कसैले त्यस्तो दुष्प्रयासन गर्ने हिम्मत नगर्नेगरी उखेलिदिएको छ। तर, देशको अमूल्य सम्पत्तिमा भएको क्षतिले सारा नेपालीको मन रोएको छ। त्यो सम्पत्ति कुनै भ्रष्टाचारीको थिएन, सारा नेपाली जनताको सम्पत्ति हो।”

उनले संक्रमणकालीन अवस्थालाई बुद्धिमानी, धैर्यता र संयमताका साथ सामना गर्दै भोलिको उज्ज्वल भविष्य निर्माण गर्न सबैले जुट्नुपर्ने आवश्यकतामाथि पनि जोड दिएका छन्।

सम्बन्धित खबर

/frontend/images/redline.png