आइतबार, २७ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, २५ भदौ २०८२

सर्वोच्च अदालतमा आगजनी : ‘न्याय मऱ्यो, आस्थाको शीर ढल्यो’ भन्दै अधिवक्ताहरू आक्रोशित

https://www.jawaaf.com/storage/01K4SKDC7RSRB2QD9NDQ93QVAJ.jpg

काठमाडौं । मंगलबार सर्वोच्च अदालतको भवनमा लागेको आगलागीपछि त्यहाँ रहेका महत्वपूर्ण कानुनी फाइलहरू न्याय परिषद्को भवनमा सार्ने प्रक्रिया सुरु गरिएको छ। जेन–जी पुस्ताको आन्दोलनका क्रममा सर्वोच्चमा आगजनी भएको घटनाले न्यायक्षेत्रलाई ठूलो क्षति पुर्‍याएको भन्दै कानुन व्यवसायीहरू आक्रोशित बनेका छन्।

सर्वोच्च अदालतका अधिवक्ता भरतकुमार घिमिरेले गहिरो पीडा व्यक्त गरे। उनले भने, “न्याय मऱ्यो, पुस्ताकै न्याय मऱ्यो, शताब्दिकै न्याय मऱ्यो। आस्थाको धरोहर ढल्यो, आस्थाको शीर ढल्यो। सर्वोच्च अदालत अन्तिम न्याय दिने संस्था हो। अब त्यो भग्नावशेष अवस्थामा पुगेको छ। हाम्रो पुस्तालाई अन्धकारतर्फ धकेलिएको छ।”

त्यसैगरी, सर्वोच्च अदालतकी अर्की अधिवक्ता मञ्जु दासीले पनि विध्वंसप्रति आक्रोश व्यक्त गरिन्। उनले भनिन्, “हामी भ्रष्टाचारबाट आक्रान्त थियौं, त्यसबाट मुक्ति चाहन्थ्यौं। तर यो मुक्ति होइन, यो त न्यायको हत्या हो। हाम्रो धरोहर र सम्पदामाथिको यो प्रहार स्वीकार्य छैन।”

मंगलबारको आन्दोलनमा सर्वोच्च अदालतको पूरै भवन जलेको बताइएको छ। तर जेन–जी भनिएका प्रदर्शनकारीहरूले भने आफूहरू शान्तिपूर्ण आन्दोलनमा रहेको र आगजनी घुसपैठका कारण भएको दाबी गर्दै आएका छन्।

सम्बन्धित खबर

/frontend/images/redline.png