डा. सन्दुक रुईटको विशेष अपिल : सार्वजनिक सम्पत्ति नष्ट नगरी संयमित आन्दोलन गर्न आग्रह
काठमाडौं । प्रख्यात नेत्रविशेषज्ञ डा. सन्दुक सन्दुक रुईटले सडकमा परिवर्तनका लागि आन्दोलनरत युवापुस्तालाई संयमित बन्न आग्रह गरेका छन् ।
उनले एक विशेष अनुरोध जारी गर्दै आन्दोलनकारी भाइबहिनीहरूले देखाएको साहसका कारण असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हट्न बाध्य भइसकेको उल्लेख गरे । तर यसै क्रममा सार्वजनिक सम्पत्तिमाथि आक्रमण र नोक्सानी पुर्याउने कार्य भने उचित नभएको बताए ।
डा. रुईटले भने, “सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ, सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ । संयमित बनौं ।”
उनले सबै नागरिकलाई शान्तिपूर्ण ढंगले एकताबद्ध भई मुलुकलाई जोगाउन र बनाउन आह्वान गरेका छन् ।
सम्बन्धित खबर