बिहिबार, ०३ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १० साउन २०८२

८० प्रतिशत युवाहरुले बिना जागिर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री

https://www.jawaaf.com/storage/01K12X6920ERRKG0PKVW7C4K5H.jpg

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौँमा बस्ने ८० प्रतिशत युवाहरुले बिना जागिर घरबाटै महिनाको २ लाख भन्दा धेरै कमाउने गरेको दाबी गरेका छन् ।
शनिबार काठमाडौंका आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौ महानगरपालिका १५ वडा कमिटीद्वारा  एसईई सम्मान बधाई तथा शुभकामना दिँदै अहिलेका युवाहरुले घरमै बसेर  विदेशका विभिन्न कम्पनिबाट काम लिई ल्याप्टपबाट काम गरि पठाउँदा नेपालमा बार्षिक १ खर्ब रुपैयाँ आम्दानी भएको बताए । 


उनले यस्ता कामलाई अझै बढी जोड दिए वार्षिक ८ लाख  भन्दा बढी कमाउने बताएका छन् । हिजोको दिनमा जस्तो  डाक्टर इन्जिनियर नै बन्नुपर्छ भन्ने नभई नयाँ नयाँ रोजगारिको क्षेत्र आएको छ त्यसैलाई सदुपयोग गर्न सक्यो भने पैसा कमाउन सकिने उनले बताए । उनले आमा बुबाले पनि छोरा छोरिको रुचि के छ भन्नु भन्दा पनि मार्गनिर्देशन दिएर अगाडी बढ्न दिनुपर्ने बताए ।

 
‘अहिले काठमाडौंमा ८० प्रतिशत युवाहरु जसले जागिर खाँदैनन् तरपनि उनिहरुले घर बसि बसि २ लाख भन्दा धेरै कमाउने गरेका छन् । त्यस्को कारण भनेको विदेशका विभिन्न कम्पनिबाट काम लिएर ल्याप्टपबाट काम गरि पठाउने गरेका छन् । यस्तो जागिरबाट नेपालमा बार्षिक १ खर्ब रुपैयाँ आइरहेको छ । यसलाई विकास गर्न सक्यो भने ८ खर्ब सम्म ल्याउन सक्छाँै । त्यसैले तपाँइहामी ले सोचेको भन्दा नयाँ खालको काम गर्नपर्छ । हामी हिजोको जस्तो दिनमा छैन्म डाक्टर इन्जिनियर नै बन्न पर्छ भन्ने छैन नयाँ नयाँ रोजगारिको क्षेत्र आएको छ त्यसलाई सदुपयोग गर्न पर्छ,  अनि पैसा कमाउन सकिन्छ  । आमा बुबाले पनि छोरा छोरिको रुचि के छ त्यहि बन्न दिने हो मार्गर्निदेशन दिने हो यही बन्न पर्छ भनेर दबाब दिने होइन ।’ उनले भने

सम्बन्धित खबर

/frontend/images/redline.png