आन्दोलनरत शिक्षक र प्रहरीबिच नयाँबानेश्वरमा झडप, शिक्षकहरू घाइते
काठमाडौँ । आन्दोलनरत शिक्षक र प्रहरीबिच नयाँबानेश्वरमा झडप भएको छ । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा तनाव बढेको हो । आक्रोशित भिडबाट प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएको थियो ।
बानेश्वरमा शिक्षक र प्रहरीबिच झडपमा प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो । शिक्षक महासंघका अनुसार उक्त झडपमा १५ जना बढी शिक्षक घाइते भएका छन् ।
शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरूले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् । यसबिचमा शिक्षक र सरकारका प्रतिनिधिबिच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।
सम्बन्धित खबर