शनिबार, १६ जेठ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, २९ चैत २०८१

हेटौंडा अस्पतालको बोर्डका विषयमा विवाद

https://www.jawaaf.com/storage/01JRHMH682AWGGDRX0X0XFRRYS.avif

हेटौँडा । हेटौँडा अस्पतालको बोर्ड फेरिएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल भनेर एकातिर नेपाल सरकारको लोगो छ भने अर्कोतिर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लोगो छ ।

नेपाल सरकारको स्वामित्वमा रहेको चलअचल सम्पत्ति कुनै अमुक दल निकट प्रतिष्ठानको हुन नहुने भन्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमाथि सर्वोच्च अदालतमा मुद्दा परेको छ । हेटौँडा अस्पताललाई प्रतिष्ठानको नाममा दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतमा बहस चलीरहेको छ ।

यही बिचमा अस्पतालको बोर्ड फेरिएको छ । ‘यसरी अदालतमा विचाराधीन रहेको अवस्थामा बोर्ड फेरिनु संविधान विपरीत जानु हो’,वरिष्ठ अधिवक्ता केशव गौतमले बताए । गौतमका अनुसार सर्वोच्च अदालतको फैसला नआएसम्म बोर्डको फेरबदल गर्न नहुने थियो ।

अदालतको फैसला अगावै अस्पतालको बोर्ड फेरिनु कानुन सम्मत नभएको बागमती प्रदेश सभा सदस्य तथा बागमती प्रदेश सामाजिक विकास पूर्व मन्त्री कुमारी मुक्तानको भनाइ छ ।

यस्तै नेपाली काङ्ग्रेस पार्टीका केही नेताहरूको भनाइ अनुसार यो संविधानको मर्म विपरीतको पेलाहा प्रवृत्ति हो । यो संविधान विपरीत कार्य हो भन्दा भन्दै पनि पूर्व मुख्यमन्त्रीकै टोली यस कार्यमा सकृय रहेको अधिवक्ता गौतमको भनाइ छ ।

‘अहिले बोर्डमा कसको नाम राख्ने, कसको नराख्ने भन्ने विषय सर्वोच्च अदालतको संवैधानिक इजलासले बहस गरेपछी प्रमाणको आधारमा सर्वोच्च अदालतले फैसला गर्ने कुरा हो’ अधिवक्ता गौतमले भने ।

सम्बन्धित खबर

/frontend/images/redline.png