भेडेटारको टुप्पोमा आकर्षक स्काइवाक टावर (फोटो फिचर)
पूर्वको एक चर्चित पर्यटकीय स्थल धनकुटाको भेडेटार पहाडको टुप्पोमा रहेको स्काइवाक टावर पछिल्लो समय पर्यटकको रोजाइमा छ । यहाँबाट सप्तकोसीको मनोरम दृश्य, पूर्वी तराईका फाँटहरूका साथै सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमशृङ्खलाहरू एकै पटक हेर्नसकिन्छ। पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वार हो।
तस्विर : टार्जन लिम्बु
सम्बन्धित खबर













