बिहिबार, ०३ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ०५ पुस २०८१

एनपीएलको फाइनल शनिबार, उपाधि जित्नेमा कप्तानद्वय ढुक्क

https://www.jawaaf.com/storage/01JFJ1T8D20K5DJMNT8TV3KFSX.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिवार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच हुँदैछ । शुक्रवार नेपाल प्रिमियर लिगका फाइनलमा पुगेका टिमका कप्तानसँगको पत्रकार भेटघाटमा दुबै टोलीका कप्तानले फाइनलको लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

सोही क्रममा जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले भोलिको खेलमा सय प्रतिशतका साथ बराबरीको टक्कर दिने बताए । 

उनले भने, ‘हाम्रो सबै खेल राम्रो नै भएको छ । अब एउटा अन्तिम खेल बाँकी छ । त्यसमा पनि राम्रो प्रस्तुति दिने योजनामा छौ । क्षमता र कुशलताका साथ मैदानमा उत्रिने तयारीमा छौँ । परिणामको बारेमा सोचेका छैनौ । खेलमा हामी सय प्रतिशत योगदान दिने छौ, बराबरीको टक्कर दिने छौ । खेल हारेर डिमोटिभेट हुनेभन्ने हुदैँन् । जसले जिताए पनि नेपाली लोकल खेलाडीले नै जिताउने छ भन्ने आशा छ ।’

Pathivara.gif 82.25 KB

यस्तै, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफ्नो तर्फबाट पूरा प्रयास गर्ने बताए । 

उनले भने, ‘फाइनल खेलपनि पहिला जसरी खेलेका थियौं त्यसरी नै खेल्ने छौ । फाइनल खेलको लागि विशेष योजना केही छैन । आफ्नो तर्फबाट पूरा प्रयास गर्ने हो ।’ 

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो प्रतियोगिता नेपाली खेलकुदमै सबैभन्दा ठूलो आर्थिक लगानी भएको प्रतियोगिता हो ।

विजेता टोलीले १ करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ जित्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीलाई करिब ६२ लाख रुपैयाँको ‘आमोडा एन्ड जेईको’ कार प्रदान गरिनेछ ।

Chicken_Meat_Shop.gif 1.4 MB

सम्बन्धित खबर

/frontend/images/redline.png