शनिबार, ०५ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, १४ मंसिर २०८१

क्रिसमस डेका लागि गीत तयार, अभिषेक र विनाले गरे अभिनय

https://www.jawaaf.com/storage/01JDVAC42BZDFE7K7TXY425JBP.jpg

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

काठमाडौँ । क्रिसमस डेलाई लक्षित गर्दै नयाँ गीत ‘ येशु जन्मिनु भयो ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शंकर थापा (स्माइल) र अनु चौधरीको स्वर रहेको छ । गीतमा राजु सुन्दास र सुरेन्द्र दियालीको शब्द रहेको छ ।

सङ्गीत भर्ने काम भने गायक शकरले नै गरेका हुन् । भिडिओमा कलाकार अभिषेक श्रेष्ठ र बिना राउतसँगै समाजसेवी तथा कलाकार हन्ना बादीको अभिनय रहेको छ । गणेश शाहीले निर्देशन गरेको भिडिओले क्रिसमसलाई उल्लासका साथ मनाउन आग्रह गरेको भाव दिएको छ । भिडिओ खिच्ने काम बिशाल थापाले गरेका हुन् भने सम्पादन बिष्णु खड्काले गरेका हुन् । 

उक्त गीतको भिडियो युट्युब च्यानल डिएमएम  नेपाल अफिसियल मा हेर्न सकिनेछ ।

Pathivara.gif 82.25 KB

सम्बन्धित खबर

/frontend/images/redline.png