शनिबार, ०५ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, १४ मंसिर २०८१

यु–१९ एसिया कप : आज पहिलो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

https://www.jawaaf.com/storage/01JDTV5ZMY6FF3E1G52EQJZBY5.jpg

Pathivara.gif 82.25 KB

काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गदै छ ।  संयुक्त अरब इमिरेट्स (युएई) मा हुने प्रतियोगिताको पहिलो खेल शुक्रवार नेपाली समय अनुसार बिहान १०ः ४५ बजे सुरु हुने छ।

आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेका छन्।

नेपालले दोस्रो खेल मंसिर १६ गते आइतवार बंगलादेशसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग खेल्ने छ।

सेमिफाइनल मङ्सिर २१ र फाइनल खेल २३ गते हुँदैछ।

Bantawa_Hardware.gif 563.38 KB

सम्बन्धित खबर

/frontend/images/redline.png