शनिबार, ०५ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २६ कात्तिक २०८१

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले अंक बाँडे

https://www.jawaaf.com/storage/01JCCJPC81PBRYNCEQ9W2NXRG7.jpg

AS.gif 486.54 KB

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले एक एक अंक बाँडेका छन् । चेल्सीको मैदान स्टामाफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

Pathivara.gif 82.25 KB

खेलको अन्तिम क्षणमा आर्सनलले महत्वपूर्ण गोल गर्ने मौका गुमाउँदा स्पष्ट ३ अंक लिन असफल भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

६० औं मिनेटमा आर्सनलका गेब्रियल मार्टिनेलीले गोल गर्दै अग्रता दिलाएका थिए । यसैखेलमा कप्तान मार्टिन ओडोगार्डले कमब्इयाक गरेका थिए । चोटपछि पहिलो पटक मैदान उत्रिएका उनैले दिएको पासमा मार्टिनेलीले गोल गरेका थिए ।

swastikplay and hardware (3).gif 338.56 KB

तर, खेलको ७० औं मिनेटमा चेल्सीका पेड्रो नेटोले बललाई २५ यार्ड टाढाबाट गोल गर्दै खेललाई बराबरीमा पु¥याए । त्यसपछि थप गोल नहुँदा दुवै टिमले अंक बाँडे ।

चेल्सी र आर्सनलको बराबरीले बराबरीले लिभरपुल शीर्ष स्थानमा मजबुत रहेको छ भने आर्सनललाई लिभरपुलसँगको दूरी कम गर्न चुनौती थपिएको छ । आर्सनलले पछिल्लो चार खेलमा जित निकाल्न नसक्दा लिग तालिकामा चौथो स्थानमा छ भने चेल्सी तेस्रो स्थानमा छ । 

दिपशिखा गहना गृह.gif 471.46 KB

दुवै टिमले समान ११ खेलबाट १९ अंक बनाएका छन् ।  म्यानचेस्टर सिटी २३ अंकका साथ दोस्रो स्थानमा रहँदा लिभरपुल भने २८ अंकका साथ शीर्ष स्थानमा छ ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

सम्बन्धित खबर

/frontend/images/redline.png