शनिबार, ०५ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, २२ कात्तिक २०८१

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरू हाउसफुल

https://www.jawaaf.com/storage/01JC2X420HJ7097FQ8BN1S5JQF.jpg

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्च प्रशंसा पाइरहेको छ । कूल शोको ५० प्रतिशतभन्दा धेरै शोसहित अहिले यो चलचित्र नेपालमा चलीरहेको छ ।

Pathivara.gif 82.25 KB

घरेलु बक्स अफिसमा उछाल ल्याएपछि यो चलचित्रको अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग बढेको छ । सिनेमाको विदेशका हलमा पनि बुकिङ खुला भइसकेको छ । अमेरिका, बेलायत, यूएई, अष्ट्रेलियालगायतका देशमा प्रदर्शन हुन लागेको हो । यी देशमा चलचित्रको बुकिङ खुला भइसकेको निर्माणपक्षले जनाएको छ ।

baba_education.gif 870.63 KB

यो चलचित्र अस्ट्रेलिया, न्युजिल्यान्ड र मध्य पूर्वका विभिन्न शहरहरूमा प्रदर्शन भइरहेको छ । अमेरिकामा भने यो चलचित्र नोभेम्बर ८ शुक्रवार देखि रिलिज हुँदैछ । यसैगरी यूकेमा पनि सोही दिनदेखि विभिन्न शहरहरूमा प्रदर्शन हुने तयारी छ ।

swastikplay and hardware (3).gif 338.56 KB

अस्ट्रेलियामा यो चलचित्रलाई दर्शकहरूले अत्यधिक माग गरेका छन् । सिड्नीका विभिन्न शोहरू पूर्ण रूपमा बुक भएका छन् । प्रमुख सिनेमा चेनहरू जस्तै होयट्स सिनेमा, लाइमलाइट सिनेमा, भिलेज सिनेमा, स्टार थिएटर्स र न्युजिल्यान्डको इभेन्ट सिनेमा लगायतका हलहरूले थप शोहरू राख्न थालेका छन् । यसरी, एनएसडब्ल्यू, ब्रिसबेन, भिक्टोरिया, तास्मानिया र पर्थ लगायत न्युजिल्यान्डका धेरै सहरमा शोहरू राखिएका छन् ।

Planning_Consultancy.gif 1.45 MB

मध्यपूर्वमा पनि चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको छ । टिकटहरू खुला भएको केही घण्टाभित्रै बुक भएका छन्, जसले दर्शकहरूको उत्साहलाई दर्शाउँछ । चलचित्र ’पूर्ण बहादुरको सारंगी’ शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (युएई), कतार, र बहराइनका प्रमुख सहरहरुमा प्रदर्शन हुने भएको छ ।

दिपशिखा गहना गृह.gif 471.46 KB

अमेरिकामा चलचित्रको नोभेम्बर ८ को रिलिजलाई लिएर उच्च उत्साह छ । मंगलबारदेखि टिकट बुकिङ खुला गरिएको छ र धेरै स्थानहरूमा शोहरू फुल भइरहेको हुँदा केही हलहरूले दुई सातासम्म अग्रिम बुकिङका लागि शोहरू थपेका छन् । टेक्सासको डलास, ह्यूस्टन, अस्टिन, वाको; ओहायोको कोलम्बस, सिन्सिनाटी, क्लीभल्याण्ड; बोस्टन, न्यू ह्याम्पशायर, कनेक्टिकट, पेन्सिलभेनिया, केन्टकी, नेब्रास्का, आयोवा, शिकागो; क्यालिफोर्नियाको बे एरिया र लस एन्जलस, सियाटल, ओरेगन; डेनभर, फिनिक्स लगायतका प्रमुख सहरमा शोहरू हुनेछन् ।

NOW.gif 269.92 KB

यूकेमा पनि यो चलचित्र नोभेम्बर ८ देखि विभिन्न शहरका सिनेवर्ल्ड हलहरूमा प्रदर्शन हुनेछ। यी देशका धेरै सहरमा उच्च शोसहित चलचित्र चल्ने निर्माणपक्षले जनाएको छ । यी देशका दर्जनौँ हलमा यो सिनेमा प्रदर्शन हुनेछ ।

मंगलबार जापानदेखि अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन सुरु गरेको यसले जापानको टोकियोमा हाउसफुल शोबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा प्रारम्भ गर्न सफल भएको थियो । यस हिसाबले चलचित्र ’पूर्ण बहादुरको सारंगी’ले नेपालमा प्राप्त गरेको अपार सफलतालाई अन्तर्राष्ट्रिय स्तरमा पनि दोहो¥याइरहेको छ । नेपाली डायस्पोराले विश्वव्यापी रूपमा दिएको समर्थनले चलचित्रलाई झनै सशक्त बनाएको छ ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

‘नेपालीको बसोबास रहेका ठाउँमा नेपाली चलचित्रको माग बढ्दो छ । पूर्ण बहादुरको सारङ्गी नेपालमा पनि राम्रो चलीरहेकाले विदेशमा पनि चल्छ भन्ने हाम्रो विश्वास छ,” निर्माता प्याट्रिक सुवेदी भन्छन्, “दुई तीन घण्टा ड्राइभ गरेर नेपालीहरू नेपाली चलचित्र हेर्न आउनुहुन्छ । यसमा पनि त्यो क्रेज देखिनेछ ।”

सरोज पौडेल निर्देशित यस सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी रहेका छन् भने रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताका रूपमा छन् ।

यो सिनेमालाई अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।

AS.gif 486.54 KB

सम्बन्धित खबर

/frontend/images/redline.png