शनिबार, ०५ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ०९ कात्तिक २०८१

‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर सार्वजनिक

https://www.jawaaf.com/storage/01JB13CR9TH6KQ5NKXT53CYJ5Y.jpg

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई केही गम्भीर भावमा देखाइएको छ ।

यसअघि सार्वजनिक पहिलो पोस्टरमा निकै हसमुख मुद्रामा देखिएका नाजिर र सृष्टिलाई दोस्रो पोस्टरमा फरक मुडमा देखाइएको छ । पोस्टरमा नाजिर र सृष्टि सामान्य पहिरनमा छन् ।


swastikplay and hardware (3).gif 338.56 KB


पोस्टरमा नाजिर र सृष्टिको पृष्ठभूमिमा ‘बजारमा अनौठो परिवेशको नयाँ चलचित्र’को शीर्षकको समाचार शीर्षक छ । जसमा चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र गौचनको नाम देख्न सकिन्छ । यो समाचार बाहेक पोस्टरमा ‘देशमा हतियार तस्करी फस्टाउँदै’सहित अन्य शीर्षकका समाचार पनि छन् ।


The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB


यही कार्तिक ३० गते रिलिज हुने चलचित्रको यसअघि सार्वजनिक गीत, टिजर र पोस्टरले बजारमा छुट्टै हाइप बनाइसकेको छ । चलचित्रमा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रकै निर्माण रहेको चलचित्रमा उनकै स्क्रिप्ट लेखन छ ।

चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् ।


Daily_Dose_Adv_07_07.gif 652.54 KB


ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।


baba_education.gif 870.63 KB


चलचित्रमा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व,  दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम, अकी थेक्पाको आर्ट निर्देशन, राहुल जैरुको सहायक आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ ।

चलचित्रको यसअघि संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको चलचित्र एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।


Adv_2.gif 1.6 MB

सम्बन्धित खबर

/frontend/images/redline.png