शुक्रबार, २५ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, ११ वैशाख २०८१

सिरहाको सलहेश भोजपुर गोल्डकपको सेमिफाइनलमा

https://www.jawaaf.com/storage/01HW5J2TXYB5N0ZJRD9RPHAVA3.jpg

टक्सार (भोजपुर), ११ वैशाख I डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन्तरले पराजित गर्दे सलहेश युवा क्लब सिरहा अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपको  सेमिफाइनलमा प्रवेश गरेको छ । भोजपुर नगरपालिका-७, कोदार रङ्गशालामा आज भएको खेलमा सलहेश युवा क्लब सिरहाका तर्फबाट जर्सी नम्वर १० का स्टेफेन बिलोङले खेलको २६ औँ  र ७५ औँ  मिनेट दुई गोल गरे । सलहेशकै जर्सी नम्बर ७ का फोडे फोफनाले ५१ औँ मिनेटमा एक गोल र जर्सी नम्बर ११ का आदित्य शाक्यले ८६ औँ  मिनेटमा थप गोल गरेका थिए । 

मोरङका तर्फबाट गोल हुन सकेन । प्रतियोगिताको म्यान अफ द म्याच सलहेश युवा क्लब सिरहाका स्टेफेन विनोङ भए । उनले नगद पाँच हजारका साथमा मेडल प्राप्त गरे प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र खोटाङ भगवती स्पोर्ट्स क्लब यसअघिनै सेमिफाइनलमा पुगेका छन् । भोली बुधबार अन्तिम क्वाटर फाइनल खेल आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ र चर्च व्बाइज युनाइटेड काठमाडाँैका बीचमा हुनेछ । आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालका अनुसार फाइनल खेल आगामी वैशाख १५ गते हुनेछ ।

सम्बन्धित खबर

/frontend/images/redline.png