शुक्रबार, ०४ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ०९ भदौ २०८१

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

https://www.jawaaf.com/storage/01J64S06SK3BY1A3BPZNY4MG98.jpg

advertisement

काठमाडौँ, ९ भदौः भुटानलाई पराजित गर्दै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भुटानलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।  

 नेपालका गोलकिपर जियारथ शेखले टाइब्रेकरमा भुटानका तीन खेलाडीको प्रहार बचाएपछि नेपालको जित सुनिश्चित भएको हो । टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । त्यसपछि दोस्रो प्रहारमा नेपालका अभिनाश स्याङ्तानले गोल गर्दा भुटानका जिग्मे नाम्गेलको प्रहार बाहिरियो ।

advertisement


 त्यस्तै नेपालका सिमान्त थापाले तेस्रो प्रहारमा गोल गर्दा भुटानका उग्वेन जिग्मेको प्रहार जियारत शेखले नै बचाए । चौथो प्रहारमा जियारतले गोल गर्दै नेपाललाई फाइनल पु¥याए ।

 त्यसअघि खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेका थिए । खेलको ५६औँ मिनेटमा भुटानले अग्रता लिएको थियो । जेत्सन दोर्जीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको गोल भएको थियो । 

advertisement


 भुटान  खेलको ७७औँ मिनेटमा १० खेलाडीमा सीमित बन्यो । भुटानका किन्जाङ तेन्जिङलाई रेफ्रीले रातो कार्ड देखाउँदै बाहिर पठाएका थिए । किन्जाङले नेपालका खेलाडीमाथि फाउल गरेका थिए । खेलको ७८औँ मिनेटमा नेपालले बराबरी गोल फर्कायो । रातो कार्डपछि नेपालले पाएको फ्रिकिक बलबाट आएको पासबाट निराजन धामीले करिब सिक्स यार्ड बक्समा हेड गर्दै बललाई जाली चुमाए ।

 च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।


advertisement

सम्बन्धित खबर

/frontend/images/redline.png