शुक्रबार, ०४ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ०७ भदौ २०८१

साफ च्याम्पियनसिपमा भारत सेमिफाइनलमा

https://www.jawaaf.com/storage/01J5ZPZXAYRFT5QSKX4XYXWAG8.jpg

advertisement

काठमाडौं, ७ भदौ : माल्दिभ्सलाई पराजित गर्दै भारत साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको समूह ‘बी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । भारतले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल ग¥यो । भारतका किपगेनले डिबक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेको थियो ।

advertisement


 यस खेलसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । समूह ‘बी’ बाट भारत समूह विजेता बनेको छभने भूटान उपविजेता बनेको छ ।

 यसैगरी समूह ‘ए’ बाट नेपाल विजेता र बङ्गलादेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब पहिलो सेमिफाइनल खेलमा नेपाल र भूटानबीच यही भदौ ९ गते प्रतिस्पर्धा हुनेछ । त्यस्तै, दोस्रो सेमिफाइनलमा भारत र बङ्गलादेश  भिड्नेछन् । उक्त खेल भने भदौ १० गते हुनेछ ।


advertisement

सम्बन्धित खबर

/frontend/images/redline.png