समाजवादी महिला संघ पुनर्गठन कार्यक्रम सम्पन्न
धरान, ३० साउन : जनता समाजवादी पार्टीको महिला जनवर्गीय संगठन समाजवादी महिला संघ धरान उपमहानगर समितिको पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ ।
हिजो साउन २९ गते जसपा धरान नगर समितिको कार्यालयमा सम्पन्न भएको पुनर्गठन कार्यक्रमले पुण्य कुमारी दाहाल (खडका) को नेतृत्वमा सत्र सदस्य समाजवादी महिला संघ धरान उपमहानगर समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रेम कुमारी सुनुवार, कुमारी भुजेल, सचिव का लागी कौशिला चेम्जोङ्ग र सह-सचिवमा रेबिका लिम्बु तुम्खेवा चयन भएका छन् । त्यसैगरी कोषाध्यक्ष निशा राई र सदस्यहरूमा मनिका तामाङ, प्रेरणा राई, ख्याल कुमारी सुनुवार, सबिना खडका, सम्झना राई, सृजना राई, रिना लिम्बु, कुसुम राई, अनिलकला राई, सुनिता खवास, बिनुशा सुनुवार, रिना लिम्बु चयन भएकाछन् ।
जसपा राजनीतिक समिति सदस्य भीम राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी जसपा केन्द्रीय समिति सदस्य विना पुमा, पार्टीका १ नं. प्रदेश समिति सदस्य कमला रुम्दाली, लीला राई, किरात राष्ट्रिय समिति सदस्य सिता राई,सुनसरी जिल्ला समिति सदस्य मदन तामाङ्ग, हरी राई, जसपा धरान नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बु साथै नगर समितिका नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता लक्ष्मी राई र कार्यक्रम सञ्चालन कौसिला चेम्जोङ्गले गरेका थिए ।
सम्बन्धित खबर



