बिहिबार, ०३ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, १४ साउन २०८१

सुनको मूल्य तोलामा चार सयले वृद्धि

https://www.jawaaf.com/storage/01J3YJD20A9177VVPA3ZCEN88P.jpg

काठमाडौँ, १४ साउन : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार एक सय निर्धारण भएको छ । आइतबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४५ हजार चार सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार सात सय ५० निर्धारण भएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png