शुक्रबार, २७ चैत २०८२

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01J9E65HJANMZXFBNAS1YC1PWX.jpg

गोर्खा भर्ती २०२५ को समय तालिका प्रकाशित

२४ चैत्र धरान । गोर्खा ब्रिट्रिस आर्मी र गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्स, नयाँ भर्ती प्रक्रिया २०२५ मा सहभागीहुन चाहाने नेपाली युवाहरूका लागि, २०८० फाल्गुन १८ देखी चैत्र १६ मध्यान्न सम्म अनलाईन फारम समय अवधि तोकिएका थियो । २०८१ कात्तिक १५ गते सम्ममा १८ वर्ष पुरा भएको र २१ वर्ष नकटेका र शैक्षिक रूपमा एसइइ वा सो सरह पास भएका नेपाली युवाहरूलाई नयाँ गोर्खा भर्ती २०२५ मा सहभागीहुने अवसर प्रदान गरिएकोछ । 


अनलाईन प्रक्रियामा सहभागीहुने सबै सदस्यहरूका लागी अर्को  सूचना ब्रिट्रिश गोर्खा नेपालले आफ्नो वेबसाइटमा प्रकाशन गरीसकेको छ । गोर्खा ब्रिट्रिश आर्मी र गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्सको नयाँ भर्ती २०२५ पहिलो छनोट प्रक्रिया धरान,पोखरा र सुर्खेतका आर्मी क्यारियर सूचना कार्यालयहरूमा २०८१ बैशाख १० देखि हुने जानकारी सहित सम्पूर्ण विवरण प्रकाशन गरिसकेकोछ । एक महिनाको समय अवधि सम्ममा अनलाईन फाराम भर्ने गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्स र गोर्खा ब्रिट्रिश आमी दुवै समूह तर्फ का सदस्यहरुलाई आवश्यक कागजात सहित फरक फरक जिल्लाको फरक मितिमा उपस्थितिका लागि सूचना जारी गरेकोछ ।

Advertisemwnt

अनलाईन फारम दर्ता प्रक्रियामा ब्रिट्रिश गोर्खा धरान क्याम्पमा सहभागिहुनका लागि सिगापुर  पुलिस समूह तर्फ दुई हजार छयासी र गोर्खा बिट्रिश आर्मी तर्फ सैँतिस सय सतचालिस त्यसै गरि पोखरा क्याम्पमा सिंगापुर  पुलिस तर्फ अठार  सय त्रिचालिस, ब्रिट्रिश आर्मी समूह तर्फ अठतिस सय त्रियासी र सुर्खेतका लागी सिंगापुर पुलिस समूह तर्फ पाँच सय पचासी र बिट्रिश आर्मी समूह तर्फ चौध सय छयहत्तर गरी जम्मा नेपाल भरी तेह्र हजार छ सय बिस नेपाली युवाहरूले अनलाईन फारममा समावेश भएको जनाइएको छ । नेपाली युवाहरुले गोर्खा भर्तीलाई अवसरको रुपमा लिने गरेको पाथीभरा प्री–आमी टे«निङ्ग एकेडेमी धरानका सञ्चालक मिलन राई ले बताए । राईका अनुसार एसइइको परिक्षा सक्न वितिकै एकेडेमीमा भर्ती तयारीका लागी आउने बताए । र, तयारी सँगै इच्छुक युवाहरूले आफ्नो पढाईलाई पनि प्राथमिकता दिदै अगाडी बढाउनु पर्ने सल्लाह दिन्छन् । यसरी दुवै क्षेत्रलाई सहज ढङ्गले अगाडि बढाएमा भविष्य उज्जलहुने बताए ।


पहिलो चरणको छनोट प्रक्रिया सम्पन्न भए प्रश्चात दोस्रो चरणको छनोट प्रक्रियाको सूचना आषाढ १९ गते प्रकाशन गर्ने जानकारी गरिएकोछ । दोस्रो चरणको छनोट २०८१ भाद्र १९ देखी आश्विन २० गते सम्म हुने जानकारी गरिएकोछ । त्यसै गरी २०२५ को दुबै समूह अन्तर्गत अन्तिम चरणको छनोट प्रक्रिया गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्सको २०८१ मंसिर १३ देखि २६ सम्ममा भर्ती भइ सक्ने जानकारी गरिएकोछ । र , गोर्खा ब्रिट्रिश आर्मीको छनोट पुस २३ देखि माघ २१ गते सम्म हुने छ । 


नेपाल भरीबाट जम्मा २०२५ को नयाँ भर्ती प्रक्रिया मार्फत गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्समा एक सय चवालिस जना योग्य नेपाली युवाहरू छनोट हुने छन् । त्यसै गरी गोर्खा ब्रिट्रिश आर्मी समूह तर्फ तिन सय पचास बढि युवाहरू छनोट गरीने छनोट प्रक्रियामा सहभागी अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मितिः शनिबार, २४ चैत २०८०
https://www.jawaaf.com/storage/01HTRRK28RHAEW2N3ABDT0X6YQ.jpg

डी पी खनालको शब्द र विक्रम राईको सँगीतमा 'यी आँखालाई ' रिलिज

काठमाडौँ । चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत 'यी आँखालाई ' सार्वजनिक भएको छ । लोकप्रिय गीतकार डी पी खनालको शब्दरचना र विक्रम राईको सँगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ । मुस्ताङ जिल्लाको हिमाली काखको मनमोहक ठाउँमा खिचिएको भिडियोमा प्रभातपाल ठकुरी  र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र दिन्सन शाहकोको सम्पादन रहेको छ । भिडियोलाई म्युजिक जक्सन नेपाल (Music Junction Nepal) को यु ट्युब च्यानलबाट रिलिज गरिएको हो । लामो समय देखि नेपाली साङ्गीतिक क्षेत्रमा लागेका गायक हसन राईको यस अघि पनि धेरै गीतहरू सार्वजनिक भैसकेका छन् ।


प्रकाशित मितिः शनिबार, २४ चैत २०८०
https://www.jawaaf.com/storage/01HTRPY2F8JMAM438ZGKV676MG.jpg

प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन प्रदेश प्रहरी प्रमुखको निर्देशन

कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक चन्द्र कुवेर खापुङले आज नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमणको क्रममा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनु भएको छ ।

ट्राफिक कार्यालयको निरीक्षण भ्रमणको क्रममा वहाँले सम्पूर्ण शाखाहरू र ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा प्रयोग गर्ने सामग्री र उपकरणहरू ममेतको निरीक्षण गर्नु भएको थियो । 

निरीक्षण पश्चात् प्रहरी कर्मचारीहरूलाई निर्देशन दिने क्रममा वहाँले आम नागरिकहरूमा सडक सु-शासनको महसुस हुने गरी पहिलो प्राथमिकताका साथ ट्राफिक व्यवस्थापन मिलाउन तथा चेकिङको क्रममा कसैलाई दुःख हैरानी नदिन र गैह्र व्यावसायिक कार्य नगर्न निर्देशन दिनु भएको छ ।  वहाँले सम्पूर्ण प्रहरी कर्मचारीहरू आपसमा भाइचाराको भावनाका साथ काम गर्नु पर्ने बताउदै प्रहरीले सदैव आफ्नो पदीय दायित्व अनुसारको जिम्मेवारी तथा कर्तव्य निर्वाह गरी आत्मीय भावनाका साथ आम सेवाग्राहीहरूमा समान व्यवहार गर्नु  पर्ने बताउनु भयो । 

साथै वहाँले सवारी दुर्घटना न्यूनीकरण गर्न आवश्यक चेक प्वाइन्ट राख्न तथा सवारी चालक, पैदल यात्रीहरूलाई नियमित रूपमा ट्राफिक प्रशिक्षण दिन र  प्रभावकारी रूपमा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन समेत निर्देशन दिनु भयो । निर्देशनको क्रममा मोरङ र सुनसरी जिल्लामा ट्राफिक व्यवस्थापनमा खटिने  ट्राफिक प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः शनिबार, २४ चैत २०८०
https://www.jawaaf.com/storage/01HTRHY2A0SA54K2A0E4JA4V81.jpg

पाचौ मि. कोशि उपाधिका लागि आज २२ प्रतिस्पर्धी भिड्ने

एलाइनेट जिमको आयोजनामा यहि चैत्र २४ गते शनिवार हुनलागेको पाचौ मि. कोशि शारिरिक शुगठन प्रतियोगिताको प्रि–जज राउण्ड सम्पन्न भएको छ ।

धरान १३ अमरहाट स्थित कर्भडहलमा शुक्रवार संपन्न प्रि–जज राउण्ड वाट  ५५ केजि तौल समुह वाट ५ जना, ६० केजि वाट ६ जना, ६५ केजि वाट ५ जना, ७० केजि र ७५ केजि वाट ३-३ जना फाइनल चरणका लागि छनौट भएका छन । उनिहरुले शनिवार हुने फाइनल चरणमा उपाधिका लागि प्रतिस्पर्धा  गर्नेछ । फाइनल चरणमा सवै तौल समुह वाट २२ जना प्रतिस्पर्धि खेलाडिहरुले प्रतिश्पर्धा गर्नेछ ।


 प्रतियोगिताका विजेताले नगद एक लाख १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र र ५० हजार रुपैया वरावरको मल्टिसेट व्रेन्चप्रेस प्राप्त गर्नेछ । मल्टिसेट व्रेन्चप्रेस फिटनेस चोइस इटहरीले सौजन्य गरेका हुन ।


 यसै गरि क्रमश दोस्रोले नगद ५० हजार, तेस्रोले नगद ४० हजार, चौथोले नगद ३० र पाचौले नगद २० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 


प्रतियोगिताका व्यक्तिगत विद्या तर्फका वेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट, मस्कुलर म्यान र वेस्ट टिम उपाधि विजेताले जनहि नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक एलाइनेट जिमका विक्रम लिम्वुले जानकारी दिए ।


प्रतियोगितामा धरान, तरहरा, पथरी, केरावारी, इनरुवा र विराटनगरका खेलाडिहरुको सहभागिता रहेको छ । प्रि–जज राउण्डमा मुख्य जजको रुपमा शिव मुखिया र सहयोगि जजहरुमा हरि धिमाल, इश्वरलाल उदास, नवनित प्रधान, कविरभगत प्रधानाङ्ग, केशव श्रेष्ठ र सिता राई श्रेष्ठ रहेको थियो । प्रतियोगिता धरान १३ अमरहाट स्थित कभर्डहलमा हुनेछ । गत साल संपन्न चौथो मि. कोशिको उपाधि एनि टाइम फिटनेस धरानका सन्दिप गिरिले चुमेका थिए ।

प्रकाशित मितिः शनिबार, २४ चैत २०८०
https://www.jawaaf.com/storage/01HTPTQM0YDANVF26709TYM7H8.jpg

भारत सरकारको सहयोग द्वारा खोटाङमा विद्यालय भवन निर्माण

२३ चैत्र धरान I ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा रु. तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिका स्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ । बिहीबार रावा बेसीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौं स्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

Pathivara_Pre_Army_Training_Academy_Advt..gif 60.81 KB
दुईतले विद्यालय र छात्रावास भवनका निम्ति आवश्यक फर्निचरको व्यवस्था पनि भारत सरकारले नै गरेको दूतावासले एक विज्ञप्ति निकालेर जनाएको छ । विद्यालय र छात्रावास भवन निर्माण परियोजना जिल्ला समन्वय समिति खोटाङसँगको समन्वयमा कार्यान्वयन गरिएको हो । सन् १९५२ मा स्थापना भएको शारदा माध्यमिक विद्यालयमा कक्षा १ देखि ‘प्लस टु’ तहसम्म अध्यापन हुँदैआएको छ । यो विद्यालयमा अध्ययनरत तीन सय ६५ जना विद्यार्थी मध्ये ५०% छात्रा छन् ।


सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५० वटा भन्दा बढी सामुदायिक विकास परियोजना सञ्चालन भएकामा चार सय ८८ वटा परियोजना सम्पन्न भइसकेका दूतावासले जनाएको छ । भारत सरकारको अनुदान सहयोगमा हाल कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना सञ्चालन भइहेका छन् । उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक,शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।

प्रकाशित मितिः शुक्रबार, २३ चैत २०८०
https://www.jawaaf.com/storage/01HTP2H9HF1J3WJAVAD50REZ0B.jpg

पूर्वी पहाडी जिल्लाका अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुरु हुने

धरान, चैत २३ गते । बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्वास्थ्य निर्देशनालय, कोसी प्रदेश सरकारको संयुक्त सहकार्यमा सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र ताप्लेजुङ जिल्लाका जिल्ला अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुचारु हुने भएको छ । बि.पि. प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेशका स्वास्थ्य मन्त्री माननीय प्रदीप कुमार सुनुवारज्यूले कार्यक्रमको उद्घाटन गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । 


कार्यक्रममा प्रतिष्ठानलाई हब अस्पतालको रूपमा विकास गरी उल्लिखित जिल्ला अस्पतालहरूमा उपलब्ध हुन नसकी रहेका विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य राखिएको बि.पि. प्रतिष्ठानको सहप्रवक्ता डा.अरुण कुमार सिंहले जानकारी दिए । उक्त टेलिमेडिसिन कार्यक्रम मार्फत सेवाग्राहीहरूले सम्बन्धित जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरू मार्फत प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरू सँग सम्पर्क स्थापित गर्न सक्ने उनले बताए । 


उद्घाटन कार्यक्रममा बि.पि. प्रतिष्ठानका अस्पताल निर्देशक डा.जगत नारायण प्रसादले टेलिमेडिसिन कार्यक्रम मार्फत प्रदेश भरीका स्वास्थ्य संस्थाहरूमा प्रतिष्ठानको विशेषज्ञ सेवा बिस्तार हुँदै गरेको बताए । कोसी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक श्री ज्ञानबहादुर कटुवालले टेलिमेडिसिन कार्यक्रमको प्रभावकारिताकोको चर्चा गर्दै स्वास्थ्य सेवा बिस्तारको लागि प्रदेश सरकार सरोकारवालाहरू सँग सहकार्य गरी अगि बढ्न चाहेको बताएको थियो । प्रतिष्ठान अन्तर्गत ई–हेल्थ तथा टेलिमेडिसिन कार्यक्रमका फोकल पर्सन प्रा डा नरेन्द्र भट्टले कार्यक्रमको प्रभावकारिता र दिगोपनको सम्बन्धमा धारणा समेत उनले राखेका थियो । साथै टेलिमेडिसिन कार्यक्रमका मेडिकल को अर्डिनेटर डा. प्रमेन्द्र प्रसाद गुप्ताले प्रतिष्ठान अन्तर्गत सञ्चालित टेलिमेडिसिन कार्यक्रमले डिजिटल हेल्थको क्षेत्रमा नेपालमै अग्रणी भई गरेका कामहरू गरेको बताएको थियो ।

प्रकाशित मितिः शुक्रबार, २३ चैत २०८०
https://www.jawaaf.com/storage/01HTM6YYEW2M5TXM9JT8QSVPHS.jpg

बैशाख १५ मा उपनिर्वाचन हुने जिल्लाहरुको अन्तिम मतदाता नामावली प्रकाशित

२२ चैत्र । निर्वाचन आयोगले बैशाख १५ मा हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

आयोगले इलाम -२ मा एक लाख १५ हजार ८८९ मतदाता कायम भएको जानकारी दिएको छ । आयोगले २०७९ मङ्सिर ४ मा भएको आमनिर्वाचनमा भन्दा अहिले ४२२ मतदाता थपिएको जनाएको छ ।

त्यस्तै बझाङको  निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ६३८ मतदाता थप भई ६१ हजार ७४८ कायम भएको आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगले अद्यावधिक गरेको देशभरको पछिल्लो मतदाता सङ्ख्या एक करोड ८० लाख ८८ हजार ९८३ पुगेको छ । जसमा महिला मतदाता ८८ लाख ८६ हजार २२६ छन् भने पुरुष मतदाता ९२ लाख २ हजार ५६९ र अन्य मतदाता १८८ जना रहेका छन् । आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा रहेका छन् । जसमा महिला मतदाता ३ लाख ६२ हजार ९७३ तथा पुरुष मतदाता ३ लाख ७६ हजार ४११ र अन्य मतदाता ६ गरी जम्मा ७ लाख ३९ हजार ३९० रहेका छन् ।


त्यस्तै सबैभन्दा कम मतदाता मनाङ जिल्लामा रहेका छन् । जसमा महिला ३ हजार ५३० र पुरुष ३ हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता रहेका छन् ।आयोगले यस अघि २०८० बैशाख १० गते अद्यावधिक गरेदेखि अहिलेसम्म कुल ८७ हजार ४१७ मतदाता थप भएको जनाएको छ । 

प्रकाशित मितिः बिहिबार, २२ चैत २०८०
https://www.jawaaf.com/storage/01HTKTZDZPVR0TMHXGFFPBPZYF.jpg

व्यक्तिगत घटना दर्ता सम्बन्धी अन्तरक्रियात्मक तालिम सम्पन्न

२२ चैत्र विराटनगर I विराटनगर महानगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा, पञ्जीकरण तथा व्यक्तिगत घटना दर्ता सप्ताह अभियान सम्बन्धी अन्तरक्रियात्मक तालिम सम्पन्न गरेको छ । महानगरको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको आयोजनामा भएको अन्तरक्रियात्मक तालिममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले सहजीकरण गर्नुभएको थियो । व्यक्तिगत घटना दर्तामा आवश्यक सूचक र संलग्न गर्नुपर्ने कागजपत्रका बारेमा साहले जानकारी गराउनुभएको थियो । महानगरले पहिलो चरणमा वडाध्यक्षहरूलाई व्यक्तिगत घटना दर्ता गर्दा आइपर्ने समस्या र समाधानका उपायका विषयमा जानकारी गराएको हो । कार्यवाहक मेयर मधुबाबु तिवारीको अध्यक्षतामा भएको तालिममा वडाध्यक्षहरूले नागरिकताको सिफारिस गर्दा आइपर्ने समस्या र चुनौतीका विषयमा भनाइ राख्नुभएको थियो । 


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजी बहादुर बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासु बहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, १० का अर्जुन गिरी, ११ तीर्थेन्द्र नेउपाने, १३ का सूर्यनारायण यादव, १५ का प्रकाश साह, १८ का जितेन्द्र कुमार साह र १९ का श्याम घिमिरेले नागरिकताको सिफारिसका क्रममा आइपर्ने समस्या र चुनौतीका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । व्यक्तिगत घटना दर्ता सप्ताह अभियानअन्तर्गत महानगरले भोलि बिहीबार १९ वटै वडाका सचिवहरू लाई पनि अभिमुखीकरण तालिम सञ्चालन गर्ने सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिनुभयो । 


कार्यक्रममा कार्यवाहक मेयर तिवारीले व्यक्तिगत घटना दर्ता र नागरिकताको सिफारिस गर्दा चनाखो हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत पराजुलीले ऐन कानुनले तोकेको र कागजात पूरा गरेको अवस्थामा व्यक्तिगत घटना दर्ता र नागरिकताको सिफारिसमा डराउनु पर्ने उल्लेख गर्नुभयो । 

प्रकाशित मितिः बिहिबार, २२ चैत २०८०
https://www.jawaaf.com/storage/01HTKQY5N0ZM9XYJXKT5N165C5.jpg

गन्धर्व वस्तिमा मुख्यमन्त्रीको बास, समस्या समाधानमा पलायो आस !

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री सोमवार आफ्ना नियमित कार्यक्रम सकाएर लोपोन्मुख जाति ‘गन्धर्व’ बसोबास गर्ने झापाको कचनकवल गाउँपालिका २ तर्फ लागे । समस्या नै समस्याले पिल्सिएका गन्धर्व समुदायले झमक्क साँझ परेको बेला आफ्नो वस्तीमा सुरक्षाकर्मीका साथ मुख्यमन्त्रीलाई देखेर अचम्मित हुँदै हतार हतार स्वागत, सम्मानमा जुटे । तर, मुख्यमन्त्री कार्की स्वागत, सम्मानको वास्ता नगरी गन्धर्व वस्ती घुम्न अघि बढे । 

उनी गन्धर्व वस्तीको आगन आगनमा घुम्दै राती ८ बजे शिव गन्धर्वको आगनमा ओछ्याएको म्याटमा पलेटी बाँधेर बसे । त्यतिकैमा गन्धर्व वस्तीका महिला, पुरुष, वृद्ध, वृद्धालगायत बालबालिकाको भिड लाग्यो र उनीहरू खादा लगाएर मुख्यमन्त्रीलाई सम्मान गर्न थाले । मुख्यमन्त्री कार्कीले धेरै सम्मान गर्नु हुँदैन, आज यही खाना खाएर बस्ने बोल्नु भयो । त्यसपछि शिव गन्धर्व र उनकी पत्नीले आगनको ट्युबेलमा थाल पखालेर खाना पस्केर खान भान्छाकोठामा जान आग्रह गरेपछि मुख्यमन्त्री कार्कीलगायत उनीसँग रहेका सबै जना गएर खाना खाए । 

खाना पछी मुख्यमन्त्री कार्कीले गन्धर्व परिवारका सदस्यहरु सँग कुराकानी गर्न थाले । उनीहरूले आफ्ना कथा र व्यथा सविस्तार सुनाए । ‘मुख्यमन्त्रीज्यूले हाम्रा समस्या हामीसँगै बसेर हामीले पकाएको खाएर सुनेर भलाकुसारी गर्नुभयो,’ स्थानीय नरमाया गन्धर्वले भनिन, ‘हामीले यहाँ चुनाव जितेपछि नेता देख्न पाउँदैन थियौँ, अहिले त हामीसँगसँगै खाना खाने मुख्यमन्त्रीलाई घरमै भेट्‍टाएका छौँ ।’ सरकार घरमै आएर आफूहरूका गुनासो सुनिदिएर सहजै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको देख्दा पत्याउनै गााह्रो भएको उनले सुनाइन् । 

स्थानीयले आफूहरूलाई समाजमा गाइनेको संज्ञा दिइएर हेपिईने गरेको गुनासो गरे । सो जातीको बस्तीको छेवैमा रहेको आदर्श आधारभूत विद्यालयमा रहेको विद्यालयलाई गन्धर्व जातीको पहिचान हुने गरिको शिक्षा लागु गराई गिर्दै गरेको शैक्षिक साखलाई फर्काउन, समुदायमा साक्षरता दर वृद्धि गर्नका लागि आवश्यक पहल गरिदिन मुख्यमन्त्री समक्ष स्थानीयको माग रहेको छ । 

स्थानीय शिव गन्धर्व भन्छन्, लोप हुन लागेको सारङ्गी बाजाको संरक्षण हामीले गर्नु पर्दछ । मुख्यमन्त्रीज्यूले यसलाई चासोका साथ लिएर वस्तुस्थिति बुझ्न समुदायमै आएकाले हामी बढी आसावादी छौँ ।’ उनीहरूले लोपोन्मुख जातीको रूपमा गन्दर्भ जातीलाई सूचीकृत गर्न माग गरे । ‘संविधानअनुसार यो जातीलाई लोपोन्मुख जातीको रूपमा सूचीकृत गरिएमा हाम्रा अधिकारहरू प्राप्त हुन सहज हुन्छ । पूर्वाञ्चल गन्धर्व संस्कृति उत्थान समाजका अध्यक्ष रविन गन्धर्वले भने, मुख्यमन्त्रीज्यूको पहिलो हाम्रो समुदायका लागि मुख्यमन्त्रीज्यूको पहिलो निर्णय यही हुने छ ।’

मुख्यमन्त्री कार्कीले सरकार खोज्दै जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि आफू यहाँका स्थानीय सँग समस्याको समाधानका लागि संवाद गर्न आफूहरू यहाँ आएको उल्लेख गरे । सरकार पहुँच नहुनेको समेत घरघरमा गएर समस्याको समाधान गर्ने सरकार भएकाले समाजको वर्गलाई समान हैसियतमा ल्याउन मानवीय विकासमा जोड दिएर काम गरिरहेको उनले बताए । 

‘हामी आफैँले आफूलाई स्वीकार गर्न सक्नु पर्दछ उनले भने, आफूले आफूलाई स्वीकार गर्न सकेनौँ भने हामी तलको तलै हुन्छौँ । सरकारले त मानवीय विकासका योजनामार्फत सुरुवात गरिसकेको छ, तपाईँहरू पनि लाग्नु पर्यो, श्रमको सम्मान गर्नुप ्यो ।’ सो ठाउँमा ४९ घरधुरी रहेको गन्धर्व समुदायको जनसङ्ख्या दुई सय ११ रहेको छ । मुख्यमन्त्री कार्कीले समुदायको उत्थानका लागि प्रवर्द्धन को योजना सरकारले ल्याउने बताए । 

सोमवार राती समुदायमा पुगेका मुख्यमन्त्री कार्कीले सामाजिक विभेद अन्त्य र सामाजिक अवस्था, आवश्यकता र अपरिहार्यताको अध्ययनका लागि स्थानीय शिव गन्धर्वको घरमा सोमवार रातीको खाना र बास बसेर सन्देश प्रवाह गरेका छन् । ‘उनले भने, अब मलाई अछुत पनि कसैले भन्छ त, म त तपाईँहरूको मा बसेँ खाना खाएँ, यो विभेद अन्त्यका लागि तपाई हामी नै लाग्नु पर्यो ।’ 

सो क्रममा उनले स्थानीय महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरसंवाद गदै हुलाकी सडक अन्तर्गत अधुरो अवस्थामा रहेको माई खोलाको पुलको अवलोकन गर्दै मङ्गलवार विराटनगर फर्किएका छन् । पुलको निर्माण कार्यको गति बढाउन सरकारले ताकेता गर्ने उनले बताएका छन् ।

प्रकाशित मितिः बिहिबार, २२ चैत २०८०
https://www.jawaaf.com/storage/01HTFJW78CBZQ5CA4MW6RTX96S.jpg

दक्षिण कोरियाबाट क्यान्सर पीडित राजेश राईलाई आर्थिक सहयोग प्राप्त

२० चैत्र धरान । दक्षिण कोरियामा कार्यरत नेपालीहरु द्धारा क्यान्सर पीडित राजेश राईलाई आर्थिक सहयोग प्रदान गरेका छन । 

खोटाङ जिल्ला जन्तेढुङ्गा गा.पा. वडा न ५, चिसापानी का क्यान्सर पीडित राजेश राईलाई पाँच लाख छत्तिस हजार चार सय छैसट्‍ठी रुपियाँ आर्थिक सहयोग गरेका छन । 

एक महिना अगाडी देखि ब्लड क्यान्सर पीडित राई टिचिङ हस्पिटल महाराजगन्ज काठमाडौँ मा उपचारत छन् । उपचारमा आवद्ध डा. को परामर्श अनुसार उपचार रकम सत्तरी लाख माथि लाग्ने भएको कारण छोरा को उपचारमा आर्थिक सहयोग का लागी बुवा इमानसिँ राई र आफन्त द्वारा आर्थिक सहयोगको अपिल गरेका थिए ।

 त्यस प्रश्चात दक्षिण कोरियामा कार्यरत तथा खोटाङ्ग सेवा समाज दक्षिण कोरीयाका महासचिव बलुहाङ राई, सह–कोषाध्यक्ष अनिल राई, सदस्य संजिव राई, सरस्वती राई, सुवाश राई, देबिन राई, मनोज राई, नवराज राईको नेतृत्वमा उक्त रकम सङ्कलन गरिएको थियो ।

सङ्कलित रकम लाई नेपाल पठाई सकिएको र विरामीको सिग्र स्वास्थ्य लाभको कामना सहित आदिवासी जनजाति आयोगका सदस्य माननीय शरण राईद्धारा क्यान्सर पीडित राईका बुवालाई सङ्कलित आर्थिक सहयोग हस्तान्तरण गरिएको आर्थिक सङ्कलन अभियानका सदस्य संजिव राईले बताए । 

सहयोग रकम हस्तान्तरण कार्यक्रम क्यान्सर पीडित राजेशका बाबुले डा. को सुझाव अनुसार सत्तरी लाख माथी उपचार खर्च लाग्ने बताउदै छोराको उपचारमा अझ आर्थिक सहयोगको अपिल गरेका छन् । १८ वर्षीय क्यान्सर पीडित राजेश राई जन्तेढुङ्गा गा.पा. को श्री चिसापानी उच्च मा.बि. मा कक्षा १२ मा अध्यायनरत विद्यार्थी हुन ।

प्रकाशित मितिः मङ्गलबार, २० चैत २०८०